संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

शोक वक्तव्य

मितिः २०७९/०९/११

शोक वक्तव्य

प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको वि.सं. २०७९ पुस १० गते निधन भएको छ । भोजपुरको दिङ्लास्थित साल्मामा वि.सं. १९८६ साल पुस महिनामा जन्मनुभएका बस्नेतको मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको हो । वि.सं. २०२७ साल असोज ६ गते बस्नेतको अध्यक्षतामा प्रेस काउन्सिल नेपालको गठन भएको थियो । उहाँको निधनबाट प्रेस काउन्सिल परिवार दुःखित भएको छ ।

वि.सं. २०२४ सालमा कानुन, न्याय तथा शिक्षामन्त्री, २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभएका उहाँ २०२१ सालमा नै सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालको हितमा उहाँले पुर्‍याउनुभएको योगदानको काउन्सिल परिवार सधैँ स्मरण गरिरहनेछ । उहाँकै पहलमा रू. १ लाख १० हजार राशीको प्रेस काउन्सिल नेपाल – सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

संस्थापक अध्यक्ष बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै काउन्सिल परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त परिवारजनामा हार्दिक समवेदना प्रकट गर्दछ ।

शोक वक्तव्य

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता

प्रतिक्रिया :