नेपालमा वि.सं. २०१४ सालमा गठित प्रेस कमिसनको प्रतिवेदनका आधारमा वि.सं. २०२४ सालमा प्रेस सल्लाहकार समिति गठन भयो । वि.सं. २०२७ सालमा नाम परिवर्तन गरी प्रेस सल्लाहकार परिषद् नामकरण गरियो । त्यसपछि छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ३० (क) बमोजिम वि.सं. २०२७ असोज ६ गते प्रेस काउन्सिल नेपालको विधिवत् स्थापना भएको हो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम १ जना अध्यक्ष र ९ जना सदस्य नेपाल सरकारले बढीमा ४ वर्षका लागि नियुक्त गर्नसक्ने र नेपाल पत्रकार महासङ्घको सभापति/अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुने व्यवस्था रहेको छ । हालको प्रेस काउन्सिल नेपाल प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम पत्रकारिताको पेसागत उच्चतम् आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्धन गर्न...
अध्यक्ष
मुख्य अधिकृत
प्रवक्ता
सूचना अधिकारी/सह-प्रवक्ता
गुनासो सुन्ने अधिकारी