काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनमा आधा दिन (दिउँसो १ः०० बजेदेखि) बिदा दिएको छ । आइतबार बिहान उपचारका क्रममा निधन भएका बस्नेतको शोकमा काउन्सिलले सोमबार शोक वक्तव्य जारी गर्दै आधा दिन कार्यालय बिदा रहने जानकारी दिएको हो ।
भोजपुरको दिङ्लास्थित साल्मामा वि.सं. १९८६ साल पुस महिनामा जन्मिएका बस्नेतको मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको थियो । वि.सं. २०२७ साल असोज ६ गते गठित प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेत वि.सं. २०२४ सालमा कानुन, न्याय तथा शिक्षामन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत बन्नुभएको थियो ।
काउन्सिलले पूर्वअध्यक्षको निधनमा आधा दिन शोक बिदा दिने निर्णयअनुसार २०७६ सालमा पूर्वअध्यक्ष नयनबहादुर खत्री र २०७७ सालमा पूर्वअध्यक्ष सुरेन्द्रबहादुर सिंहको निधनमा आधा दिन बिदा दिएको थियो ।
प्रतिक्रिया :