मुख्य अधिकृत
गुल्मी जिल्ला मदाने गाउँपालिका-२ बाँझकटेरीमा जन्मनुभएका भुसालले व्यवस्थापनमा स्नातकोत्तर, पत्रकारिता र कानुनमा स्नातक गर्नुभएको छ । उहाँ अधिवक्तासमेत हुनुहुन्छ । निजामती सेवा संस्थान हुँदै २०६९ सालमा काउन्सिलको प्रमुख प्रशासकीय अधिकृत (दशौँ तह)मा खुला प्रतियोगिताबाट प्रवेश गर्नुभएको हो । उहाँका आयल निगम दर्पण, वृतान्त (प्रेस काउन्सिलसम्बन्धि ऐननियम) र काउन्सिल सङ्ग्रह पुस्तक प्रकाशन भएका छन् । अध्ययन अनुसन्धानमा रुचि राख्ने उहाँका अध्ययन अनुसन्धानमुलक लेख, नियात्रा आदि प्रकाशन भएका छन् ।