संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

जाजरकोट भूकम्पसम्बन्धी अतिरञ्जित सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई काउन्सिलको आग्रह

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका बीभत्स तस्बिरसहितका अतिरञ्जित सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न/नगराउन भनिएको छ ।

‘मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । गएराती ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्द्र बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भुकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया :