संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

मितिः २०८०/०७/१८

प्रेस विज्ञप्ति

२०८० कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट जिल्लाको बारेकोट, रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पबाट जाजरकोट, रुकुमपश्चिम लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति प्रेस काउन्सिल नेपाल दुःख व्यक्त गर्दछ । भुकम्पबाट निधन भएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दैै यस दैवीप्रकोपमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना
गर्दछौं ।
यस किसिमको विपद् एवं दैवीप्रकोपको समयमा आफ्नो कर्तव्य निर्वाह गर्नेक्रममा पत्रकार तथा सञ्चार माध्यम थप संवेदनशील हुनुपर्दछ । भुकम्पको सामग्री सम्प्रेषण गर्ने सिलसिलामा केही युट्युबलगायतका सामाजिक सञ्जाल र अनलाइन सञ्चार माध्यमबाट बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर अतिरञ्जित हुने एवं पीडितलाई थप पीडा पुग्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण भएको छ ।

पत्रकार तथा सञ्चार माध्यमले “सत्यतथ्य र सन्तुलित सामग्री सम्प्रेषण गर्नुपर्ने, छिटो हुनेभन्दा तथ्यतर्फ सजग रहनुपर्ने, सामाजिक सञ्जालमार्फत सूचना तथा जानकारी प्रवाह गर्दा पनि तथ्यगत पुष्टिपश्चात मात्र सामग्री सम्प्रेषण गर्नुपर्ने, घृणा, सन्त्रास र उत्तजेना फैलाउने किसिमका बीभत्स दृश्य र तस्बिर सम्प्रेषण गर्न नहुने, सामग्रीको सत्यतामाथि प्रश्न उठ्नासाथ वा गल्ती भएको भए जानकारी हुनासाथ यथाशीघ्र क्षमायाचनासहित सच्याउनुपर्ने” पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) मा व्यवस्था छ ।

‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्ने गरी, मृतक तथा घाइतेको वीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न÷नगराउन र मृतक एवं घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भइ गोपनियताको सम्मान गर्न आम सञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ ।

रामशरण बोहरा
सहप्रशासकीय अधिकृत
(सहप्रवक्ता/सूचना अधिकारी)

प्रतिक्रिया :