संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारितामा विश्वसनीयता कायम राखौँः अध्यक्ष बस्नेत

काठमाडौँ

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले परम्परागत माध्यमलाई डिजिडल माध्यमले चुनौती दिएको भन्दै पत्रकारितामा विश्वसनीयता कायम राख्न सक्नुपर्ने बताउनुभएको छ । डिजिटल पत्रकारिताका (विशेषगरी मोबाइल जर्नालिज्म)तालिम प्राप्त पत्रकारलाई प्रमाणपत्र वितरण कार्यक्रममा आम जनताले जुनसुकै माध्यमलाई पत्रकारिता मान्ने धारणा विकसित भएकाले त्यस्ता भ्रमलाई हटाएर जान सक्नुपर्ने बताउनुभयो । डिजिटल पत्रकारिताको ज्ञानले पत्रकारलाई प्रतिष्पर्धामा आउन सहज हुने भएकाले सम्बोधन गर्न काउन्सिल तत्पर रहेको उहाँको भनाइ छ ।

नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष तीर्थ कोइरालाले पत्रकारितामा सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने भएकाले व्यावहारिक ज्ञान पनि उत्तिकै आवश्यक हुने बताउनुभयो । पत्रकारिता सिकेर कहिल्यै नसकिने विषय भएकाले हरेक पटकको समाचारमा लेख्दा पत्रकारको लागि नयाँ सिकाइ उहाँको भनाइ थियो । नेपाल प्रेस इन्ष्टिच्यूटका प्रशिक्षक कपिल काफ्लेले मिडिया प्राविधिक विषय भएकाले प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजिकरण गर्नुभएको कार्यक्रममा अनलाइन (न्युज पोर्टल र युट्युब सञ्चालन, मोजा) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा तालिममा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरण गरिएको हो ।

सहभागी मध्येका मिलन खालिङ र सुनिता आचनर्यले तालिम उपलब्धिपूर्ण भएको र सिकेको सिप प्रयोग गरेर पत्रकारिता गरिरहेको बताएका थिए ।

गत असारमा काउन्सिलको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका पत्रकारको लागि तालिम दिएको थियो । दूरशिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षण ५ दिनसम्म दैनिक ४ घण्टा सञ्चालन भएको थियो । तालिममा न्यु मिडियाविज्ञ करुण थापा र सहना बज्राचार्यले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया :