संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता उल्लङ्घन हुन नदिने सञ्चालक/सम्पादकको प्रतिबद्धता

काठमाडौँ ।

पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष दृढतासमेत राखेका छन् । काउन्सिलद्वारा मङ्गलबार राखिएको ३१ औँ पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षापछि उनीहरूले यस्तो प्रतिबद्धता र दृढता जनाएका हुन् ।

अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमित अभिमुखीकरणसहित अनुगमन गर्दै आएको छ । अभिमुखीकरण कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ सञ्चार माध्यम सञ्चालनमा आउनुमात्र ठुलो कुरा नभएको भन्दै जनमानसको विश्वास जित्न नसके सिङ्गो पेसा नै सङ्कटमा पर्नेतर्फ सचेत हुनुपर्ने बताउभुयो । ‘हामीले नयाँ मिडिया दर्ता गर्‍यौँ । अब जसरी अघि बढे पनि हुन्छ भन्ने नसोच्नुहोला । जिम्मेवारी झन् बढेको छ, आजैबाट जनताको मन जित्ने, विश्वास जित्ने गरी समाचार लेख्न सक्नुपर्छ । होइन भने दुखका दिन सुरु हुन्छन्’ उहाँले भन्नुभयो । पत्रकारिताका आधारभूत मूल्य, मान्यता र आचारसंहिताको बन्धनभित्र रही पत्रकारिता गरे सफल भइ पेसा पनि मर्यादित हुने उल्लेख गर्नुभयो । विषयविज्ञ नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार आचारसंहिता २०७३, (पहिलो शंसोधन, २०७६)मा भएका व्यवस्थाहरूबारे प्रशिक्षण दिनुभयो । उहाँले पत्रकारले गर्न नहुने १४ वटा बुँदाबारे स्पष्ट पार्नुभयो । सोक्रममा अध्यक्ष पोख्रेलले पत्रकारले समाजमा आफैँ जन्मिरहेका समाचारलाई पत्रकारिताको मूल्य मान्यतामा रही सम्प्रेषण गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । ‘जबरजस्ती समाचार बनाउन र आफूलाई न्यायाधीशको रूपमा प्रस्तुत गर्न हुँदैन’ उहाँले भन्नुभयो ।

अर्का विषयविज्ञ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले बालमैत्री, अपाङ्गतामैत्री, महिला सञ्चार र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाबारे जानकारी दिनुभयो । उहाँले कनिष्ठ, वरिष्ठ र आचारसंहिता एवं पत्रकारिताको मूल्य मान्यताबारे खासै जानकारी नभएका गरी अनलाइन माध्यममा तीनखाले प्रवृत्ति देखिएको बताउँदै भन्नुभयो, ‘तीन प्रवृत्तिमध्ये पहुँचको आधारमा विज्ञापन कब्जा गरी अनलाइन मिडिया चलाउन खोज्ने प्रवृत्तिले चुनौती बढाएको छ’ । ३५ वटा अनलाइन माध्यमका सञ्चालक/सम्पादक सहभागी अभिमुखीकरणको सहजीकरण सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot