संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

१६ औँ अभिमुखीकरण सम्पन्नः निर्वाचनका सामग्री सम्प्रेषण गर्दा थप सर्तकता अपनाउन जोड

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइनका लागि सञ्चालन गर्दै आएको अभिमुखीकरणको १६ औँ श्रृङ्खला शुक्रबार सम्पन्न भएको छ । अभिमुखीकरणमा विज्ञहरूले निर्वाचनका समयमा अनलाइन सञ्चार माध्यममा समाचार सामग्री सम्प्रेषण गर्दा थप सतर्कता अपनाउन जोड दिएका छन् । सहभागीलाई सम्बोधन गर्दै काउन्सिलका सदस्य रामप्रसाद दाहालले पत्रकारिता संयमित पेसा भएको स्मरण गराउँदै सचेत रहन र जिम्मेवार हुन आग्रह गर्नुभयो । यस्तै इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले पत्रकार आचारसंहिताका बारेमा बुँदागत रूपमा प्रष्ट पार्दै आचारसंहिताले पत्रकारलाई अनुशासित बनाउने बताउनुभयो ।

यस्तै गोरखापत्रका पूर्व प्रबन्ध सम्पादक लक्ष्मीधर गुरागाइँले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधान र सञ्चार माध्यममा अहिले भइरहेको अभ्यासबारे जानकारी दिनुभयो ।

अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको प्रश्नको जवाफ दिँदै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितासमेतको ख्याल गरी समाचार सम्प्रेषण गर्नु सञ्चार माध्यमको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले सञ्चार माध्यममा भाषा शैलीको एकरुपताका लागि काउन्सिलले जारी गरेको शैली पुस्तिकालाइ आधार लिन सकिने बताउनुभयो ।

आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाइ महाशाखा प्रमुख रामशरण बोहराले सहजीकरण गर्नुभएको अभिमुखीकरणमा २७ वटा अनलाइनका सञ्चालक/सम्पादकको भौतिक र जुममार्फत् सहभागिता रहेको थियो ।

प्रतिक्रिया :