संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता प्रतिकूलका सामग्रीबारे जानकारी दिन पत्रकार महासङ्घलाई काउन्सिलको आग्रह

काठमाडौँ ।

निर्वाचनका समयमा पत्रकार तथा सञ्चार माध्यमले आचारसंहिता प्रतिकूलका कार्य गरेमा काउन्सिलमा जानकारी दिन प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासङ्घ केन्द्रसहित सबै प्रदेश समित र जिल्ला शाखालाई आग्रह गरेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी गरिरहेको विशेष अनुगमनलाई प्रभावकारी बनाउन सहयोग गर्न महासङ्घका सबै प्रदेश र जिल्ला शाखासमेतलाई पत्राचार गरेको हो ।

काउन्सिलले प्रत्येक प्रदेशमा संयोजन गर्नेगरी बोर्ड सदस्यहरूलाई जिम्मेवारीसमेत तोकेको छ । पत्रकार तथा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि र सामग्री सम्प्रेषण गरे सिधैँ काउन्सिल तथा जिम्मेवारी प्राप्त सदस्यहरूलाई जानकारी दिन सकिनेछ । प्रदेश १ मा गणेश पोखरेल, मधेस प्रदेशमा लालबाबु शेख, बाग्मती प्रदेशमा चिरञ्जीवी मास्के, गण्डकी प्रदेशमा दुर्गा भण्डारी पौडेलले संयोजन गर्नुभएको छ । यस्तै लुम्बिनी प्रदेशमा शरदप्रसाद अधिकारी, कर्णाली प्रदेशमा रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशमा हरिप्रसाद जोशीलाई सम्पर्क गरेर जानकारी दिन सकिन्छ भने उपत्यकामा टेलिभिजन तर्फ ठाकुरप्रसाद बेलबासे र छापा माध्यमतर्फ दीपक पाण्डेलाई सम्पर्क गर्न सकिने काउन्सिलले जनाएको छ ।

निर्वाचन आचारसंहिता लागु भएसँगै काउन्सिलले सञ्चार माध्यमहरूमा वस्तुगत र विषयगत रूपमा पत्रकार र निर्वाचन आचारसंहिताको समेत अनुगमन गरिरहेको छ । निर्वाचनलक्षित पत्रकार आचारसंहिताविपरीतका कार्य कुनैपनि पत्रकार अथवा सञ्चार माध्यमले गरेमा काउन्सिलको वेबसाइट www.presscouncilnepal.gov.np मा गइ अनलाइन उजुरी प्रणालीमा समेत उजुरी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया :