संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मत सर्वेक्षणसम्बन्धी समाचारमा आचारसंहिताको विशेष ध्यान दिन काउन्सिलको अपिल

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलक्षित गरी मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिताबाहिर गइ सर्वेक्षण नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई सचेत गराएको हो । ‘पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाइ प्रस्तुत गर्नुपर्दछ’ भन्ने व्यवस्था रहेको छ’ काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आचारसंहिताविपरीत मतदातालाई प्रभाव पार्ने किसिमले मत सर्वेक्षण एवं विश्लेषण हुँदा निर्वाचन आचारसंहिता आकर्षित हुने भन्दै काउन्सिलले मतदान सम्पन्न भएपछि त्यस्तो सर्वेक्षण एवं विश्लेषणको नतिजा सम्प्रेषण गर्न सकिनेतर्फ ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलक्षित गरी निर्वाचन विशेष अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा हालसम्म ३६ सञ्चार माध्यममाथि आचारसंहिताबमोजिम कारबाही भएको आज जारी विज्ञप्तिमा जनाइएको छ । अनुगमन गरिएका माध्यममध्ये काउन्सिलले ५ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, १३ वटालाई सचेत र ९ वटालाई स्पष्टीकरण पत्र पठाइएको छ भने दर्ता÷सूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ । अनुगमनको दायरामा रहेकामध्ये ५ वटा छापा माध्यम, ३ वटा टेलिभिजन, एउटा रेडियो, २५ वटा अनलाइन, २ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ । ‘अनुगमनका क्रममा कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारलाई लक्षित गरी सर्वेक्षण गरिएको भनी वा नभनी ‘जितको सम्भावना’, ‘जित सुनिश्चित’ उल्लेख गर्दै सामग्री सम्प्रेषण भएको छ भने राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टिकाटिप्पणी र आरोपप्रत्यारोपसहित चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटना बढिरहेको तथ्य भेटिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै राजनीतिक दल तथा उम्मेदवारहरूले गरेका प्रचारप्रसार/घरदैलो/आमसभाजस्ता कार्यक्रमको गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्षमा हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको मान, प्रतिष्ठामा आँच पुर्‍याउने गरी सामग्री सम्प्रेषण हुन नदिन पनि काउन्सिलले अनुरोध गरेको छ ।

प्रतिक्रिया :