संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नवनियुक्त सदस्य दाहाललाई काउन्सिलमा स्वागत

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका नवनियुक्त सदस्य रामप्रसाद दाहाललाई सोमबार काउन्सिलमा स्वागत गरिएको छ । नेपाल सरकार (मन्त्रीस्तर)बाट यही भदौ १९ गते प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ को उपदफा (१)को खण्ड (घ)बमोजिम चार वर्षका लागि नियुक्त दाहाललाई स्वागत गरिएको हो ।

उहाँलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं प्रेस काउन्सिल नेपालका सदस्य–सचिव गोगनबहादुर हमाल र मुख्य अधिकृत झबिन्द्र भुसालले स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसचिव रहनुभएका दाहाल न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वसदस्य समेत हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल स्वतन्त्र लेखकका रूपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया :