संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता कडाइको साथ लागु गराऔँः महानिर्देशक हमाल

काठमाडौँ
सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले अनलाइन पत्रकारितामा अस्वस्थ प्रतीश्पर्धा बढ्दै गएकाले आचारसंहिता कडाइको साथ लागु गर्नुपर्ने बताउनुभएको छ । अनलाइन सूचीकरणअघि प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चालक र सम्पादकलाई दिँदै आएको अभिमुखीकरण कार्यक्रममा विषय विज्ञकारूपमा रहनुभएका हमालले राज्यको चौथो अङ्ग सञ्चारजगतले अन्य अङ्गको र समाजको ‘वाच डग’ को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सत्यताको परीक्षण नगरिकन दिने समाचारजन्य सामग्रीले समाज र देशलाई नै आघात पुग्ने उहाँको भनाइ थियो । काउन्सिलका सदस्यसचिव समेत रहनुभएका हमालले सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सन्दर्भमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रेस काउन्सिल नेपालका मिडिया अनुगमनकर्ता एवं विषय विज्ञ लोकराज भट्टले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानहरूबारे जानकारी दिनुभयो ।

यस्तै अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको प्रश्नको जवाफ दिनुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता अध्ययनसमेत नगर्ने तर पत्रकारिता गर्ने परिपाटी देखिएकाले कम्तिमा आचारसंहितासम्बन्धी तालिम लिनुपर्ने व्यवस्था काउन्सिलले गरेको बताउनुभयो ।

कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनाल लगायत ३३ जना अनलाइन सञ्चालक/सम्पादकको भौतिक र जुममार्फत सहभागिता रहेको थियो ।

प्रतिक्रिया :