संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलबाट एकवर्षमा ३४ युट्युब च्यानल कारबाहीमा

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको छ ।

दर्ता भएर सञ्चालनमा रहेका १४ वटा युट्युब च्यानललाई आचारसंहिताबमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । पछिल्लोपटक आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ ।

सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने Birgorkhali (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको हो ।

 

 

प्रतिक्रिया :