संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

लेख उपलब्ध गराउनेसम्बन्धी सूचना

मितिः २०७९/०२/१२

प्रेस काउन्सिल नेपाल

लेख उपलब्ध गराउनेसम्बन्धी सूचना

प्रेस काउन्सिल नेपालको नियमित प्रकाशन ‘संहिता’ त्रैमासिक जर्नलको ५३ औँ अङ्क प्रकाशन गर्न लागिएकाले लेख पठाउन अनुरोध गरिन्छ । पत्रकार आचारसंहिता, पत्रकार र सञ्चार माध्यमका समस्या, समाधान, प्रवृत्तिमा केन्द्रित रही तयार पारिएका अनुसन्धानमूलक प्राज्ञिक लेखन (Academic writing) तथा वरिष्ठ पत्रकारका लेख÷सामग्रीलाई विशेष प्राथमिकता दिइनेछ । विषयवस्तु हेरी प्राप्त लेख प्रकाशन गर्ने/नगर्ने अधिकार सम्पादन समूहमा रहनेछ । पहिचान नखुलेका तथा व्यक्तिगत आरोप÷प्रत्यारोप, लाञ्छनायुक्त लेख प्रकाशन गरिने छैन । लेखहरू जेठ मसान्तभित्र pcn2027writing@gmail.com मा पठाइसक्नुपर्नेछ । छनोट भइ प्रकाशित हुने लेखका लागि प्रेस काउन्सिल खर्च निर्देशिका–२०७५ मा तोकिएअनुसार पारिश्रमिकको व्यवस्था रहेको छ ।

 

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता

प्रतिक्रिया :