संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कार्यस्थलमा लैङ्गिकमैत्री आचारसंहिता बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा प्रेस काउन्सिल नेपालले महिला कर्मचारीसँग विशेष छलफल गरेको छ । छलफलमा सहभागी कर्मचारीले काउन्सिलको मुख्य कार्य आचारसंहिता अनुगमन गर्दा पत्रकार तथा सञ्चार माध्यमले यौन अपराध वा सामाजिक विभेद गर्ने सामग्री उत्पादन गरेको छ छैन त्यसको पनि सुक्ष्म ढङ्गले अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सञ्चार माध्यमले उत्पादन गरी प्रकाशन प्रसारण गर्ने साम्रगी लैङ्गिकमैत्री भए नभएकोबारे सुझ्म अनुगमन आवश्यक रहेको औल्याए ।

सहभागीले उठाएका विषयवस्तुमा समर्थन जनाउँदै मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले अनुगमन गरिरहेको जानकारी दिनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा काउन्सिलको ऐक्यबद्धता रहेको उहाँको भनाइ थियो । उहाँले कार्यस्थलमा हिंसासम्बन्धी कुनै क्रियाकलाप वा गतिविधि भएको छ/छैन स्पष्ट भएर जुनसुकै बेला कार्यालय प्रमुख वा फोकल पर्सनसमक्ष गुनासो राखी समाधान गर्न र कार्यालयलाई लैङ्गिकमैत्री बनाउन आग्रह गर्नुभयो ।

छलफलमा शाखा अधिकृत एवं महिला फोकल पर्सन गिता पराजुलीले काउन्सिलले लैङ्गिकमैत्री आचारसंहिता बनाइ लागु गर्नुपर्ने बताउनुभयो । सरकारले मिति २०७१ मङ्सिर ५ गते राजत्रपत्रमा प्रकाशित गरेको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७१ को दफा २१ अनुसार आचारसंहिता बनाउनुपर्ने उहाँको भनाइ थियो ।

छलफलमा सहभागी कर्मचारीले पनि आचारसंहिता बनाइ कार्यान्वयनमा ल्याउन माग गरे । गर्भवती महिलाले कम्तिमा पनि चार पटक नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकाले महिला कर्मचारीका लागि सो अवस्थाका महिला कर्मचारीलाई कम्तिमा चार पटक स्वास्थ्य जाँच बिदा उपलब्ध गराउन समेत ध्यानाकर्षण गराइएको थियो । फोकल पर्सन पराजुलीले गर्भवती स्वास्थसुविधाका विषयमा सरकारले समेत सचेत गराइरहेकोले सरकारको निर्देशन पालना गर्नु कार्यालयको कर्तव्य रहेको औल्याउनुभयो ।

यस्तै छलफलमा महिला कर्मचारीलाई महिनावारीका समयमा आराम आवश्यक पर्ने भन्दै एकदिनको सुविधा उपलब्ध गराउन माग उठेको छ । काउन्सिलबाटै नमुना कार्यको सुरुवात हुने भन्दै फोकल पर्सन पराजुलीले कार्यालयले महिला कर्मचारीका माग सम्बोधन गर्नेमा विस्वस्त रहेको बताउनुभयो ।

महिला कर्मचारीहरूले पेसागतरूपमा भोग्नुपरेका चुनौती, समस्या र प्राप्त अवसरहरू बारे धारणा राख्दै कहिल्यै कुनै सहकर्मीबाट हिंसाजन्य व्यवहार झेल्नु नपरेको बताए । महिला कर्मचारीहरूले महिनावारी हुँदा कार्यालयमा स्वास्थ्य सर्तकताका लागि आवश्यक औषधी उपचार सेनेटरी प्याड लगायतलगायत व्यवस्था सहज र सरल हुनुपर्ने बताए । छलफलपछि मुख्य अधिकृत भुसालले महिनावारी स्वास्थ्य सतर्कताका लागि आवश्यक सम्पूर्ण व्यवस्था तत्काल मिलाउने तथा कार्यालयमा आकस्मिक आरामकक्ष र स्तनपानकक्षको व्यवस्थापन गरिने बताउनुभयो ।

प्रतिक्रिया :