संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको सम्बन्धमा काउन्सिलको टोली स्थलगत अनुगमनमा

केही सञ्चार गृहहरुले कोरोना (कोभिड–१९) महामारीलाई देखाएर कार्यक्षेत्रमा निरन्तर खटिरहेका श्रमजीवी पत्रकारहरूलाई पारिश्रमिक उपलब्ध नगराउने र सेवाबाटै निष्काशन गर्ने जस्ता कार्य गर्दै आएकोमा प्रेस काउन्सिल नेपालले सम्बन्धित निकायलाई ध्यानकर्षण गराउँदै विज्ञप्ती समेत जारी गरेको छ ।


पछिल्लो समयमा गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदाता (स्ट्रिन्जर) लाई काममा नलगाइएको विषयप्रति अध्ययन गर्ने र त्यसको लागि गोरखापत्र संस्थान पुगेर स्थलगत अध्ययन तथा अन्तरक्रिया गरी वस्तुस्थिति बुझेर रिपोर्ट तयार गर्ने उद्देश्यले श्रमजीवी पत्रकार हित तथा कानुन उपसमितिको मिति २०७८÷७÷२५ निर्णयानुसार काउन्सिलका सदस्यद्वय ठाकुर बेलबासे, दीपक पाण्डे, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, शाखा अधिकृत गिता पराजुली र मिडिया अनुगमनकर्ता बिपुल पाण्डेको टोली मिति २०७८ साल मङ्सिर २२ गते गोरखापत्र संस्थान पुगेको थियो ।

समाचारदाता (स्ट्रिन्जर) लाई के कति कारणले निकालिएको रहेछ भन्ने सन्दर्भमा गोरखापत्र संस्थानका अध्यक्ष, प्रधान सम्पादक र जिल्ला संयोजक लगायतसँग भेटवार्ता गरी श्रमजीवी पत्रकारको अवस्थाबारे जानकारी लिने काम गरेको थियो । दुवै पक्षवीचको छलफल अत्यन्त सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया :