संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न

पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् । पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रमका सहभागीले विभिन्न सुझावहरू राखे ।

प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका मिडियामाथि धेरै प्रश्न उठने गरेकाले चुनौतीका पहाड चिर्दै अघि बढ्ने बताउनुभयो । उहाँले पत्रकार आचारसंहिताले गर्न हुँदैन भनेको कार्यलाइ गर्ने परिपाटीले पत्रकारिता बदनाम बन्दै गएको बताउनुभयो ।

पत्रपत्रिकाको वर्गीकरण लामो समयसम्म रोकिदा स्वरोजगारमुलक पत्रिकालाई समस्या परेकाले वर्गीकरणको नतिजा छिट्टै आउने स्पष्ट पार्नुभयो । अध्यक्ष बस्नेतले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, विना दर्ता चलेका अनलाइनलाई दर्ताको लागि ताकेता हुने गरेको, युट्युवको कानुन नभएपनि काउन्सिलले विषयवस्तु हेरेर कारबाही गर्दै आएको उल्लेख गर्नुभयो ।

काउन्सिलका सदस्य चिरञ्जीवि मास्केले उपत्यकाका पत्रकार भन्दा मोफसलका पत्रकार बढी जिम्मेवार भएको अनुभव राख्नुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईँले देशको समग्र पत्रकारितालाई उपत्यकाले प्रतिनिधित्व गर्ने भएकाले जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलमा सबै सञ्चार माध्यमको अभिलेखिकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था गरिएको भन्दै भ्रम फैलाउने सामाजिक सञ्जाललाई तीनको कार्यालयमा सो विषयमा जानकारी गराउन थालिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले उपत्यकामा पत्रकार आचारसंहिता पालना शीर्षकमा प्रस्तुति राख्दै उपत्यकामा मिडिया धेरै हुनुको कारण, पत्रकार आचारसंहिता पालनाको अवस्था र प्रभाव लगायतका विषयमा चर्चा गर्नुभयो । उहाँले पत्रकारिताको धर्म पालना गर्नसके मात्र आचारसंहिता उल्लङ्घनमा कमी आउने बताउनुभयो ।

काउन्सिलको आचारसंहिता अनुगमन तथा उजुरी महाशाखा प्रमुख रामशरण बोहराले पत्रकार आचारसंहिताको अवधारणा, नेपालमा आचारसंहिताको इतिहास, पत्रकार र सञ्चार माध्यमको कर्तव्यबारे प्रस्तुति राख्नुभयो । उहाँले काउन्सिलले गर्ने गरेको कारबाही र निर्णय, खण्डन ध्यानाकर्षण, क्षमायाचनाको निर्देशन, सचेतताको लागि पठाइने पत्रजस्ता विषयमा प्रकाश पार्नुभयो ।

उहाँले सञ्चार माध्यम र पत्रकारले आचारसंहिता उल्लङ्घन गरेमा प्रेस पास निलम्बनको सिफारिस देखि, अनलाइन बन्द गरिने, लोकल्णकारी विज्ञापन राक्ने तथा कालोसूचीमा राख्नेसम्मको अभ्यास भएको जानकारी दिनुभयो । उहाँले विभिन्न अनलाइन, रेडियो, पत्रिका र टेलिभिजनमा आएका सकारात्मक र नकारात्मक सामग्रीको उदाहरण दिनुहुँदै काउन्सिलमा आएका उजुरीको सङ्ख्या, कारबाही, अनलाइन उजुरी प्रणाली तथा काउन्सिलले गर्दै आएको स्वअनुगमनबारे जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले आचारसंहिता पत्रकारको मुल मन्त्र भएकाले कार्यान्वयन र व्यवहारगत अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार देवेन्द्र चुडालले राजनीति नसुध्रेसम्म स्वस्थ पत्रकारिता हुन नसक्ने भन्दै राजनीति सफा भएमा पत्रकारिता स्वच्छ हुने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार हरि लम्सालले पत्रपत्रिकाको वर्गीकरण समयमा नै गर्न सुझाव दिनुभयो । पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सुचनाको हक कार्यान्वयन हुनसके मात्र देशमा सुशासनको प्रत्याभूति हुने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण एवं सञ्चालन मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभयो । काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासे, वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल लगायतका उपत्यकाका ३ वटै जिल्लाका पत्रकारहरूको कार्यक्रममा उपस्थिति थियो ।

प्रतिक्रिया :