संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रदेश १ र २ मा ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

सम्झना पौडेल

कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा प्रदेश १ स्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले पत्रकारलाई खोप उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको भन्दै पत्रकारहरूले नै पहिलोचरणको खोप लगाउन नमानेको बताउनुभयो । सङ्क्रमित पत्रकारको सुरक्षामा प्रदेश सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।

काउन्सिल सदस्य गणेश पोखरेलले देशभरका पत्रकारको अवस्थाबारे जानकारी लिन कार्यक्रम राखिएको बताउनुभयो । उहाँले सरकारले दिने लोककल्याणकारी विज्ञापनमार्फत मिडियाले पाउने राहत उपलब्ध गराउनुपर्ने, महामारीमा बन्द भएका पत्रिका वर्गीकरणमा छुट दिनुपर्ने, अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिनुपर्ने बताउनुभयो । सदस्य पोखरेलले गलत समाचार दिने मिडियालाई काउन्सिलले अनुगमन गर्ने गरेकाले भ्रमपूर्ण सामग्री दिने मिडियालाई कारबाही गरिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष एवं काउन्सिल सदस्य विपुल पोख्रेलले स्वास्थ्य जोखिममा राखेर फिल्डमा खटिने पत्रकारको सुरक्षाको लागि कोरोना खोप आवश्यक भएको बताउनुभयो । प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले कोरोनाबाट प्रभावित पत्रकारलाइ सहयोग गर्ने तयारी भएको बताउनभुयो ।

कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र्रभुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल, पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, पत्रकारहरू माधव विद्रोही, मोहनकाजी लगायतको सहभागिता रहेको थियो ।

यसैबीच कोरोना महामारीमा पत्रकार आचारसंहिता कार्यान्वयन र पत्रकारको अवस्थाबारे प्रदेश २ स्तरीय ‘भर्चुअल’ कार्यक्रम जेठ २३ गते सम्पन्न भएको छ । काउन्सिलको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारको समस्या समाधानमा काउन्सिल सधैँ तयार रहने बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको वास्तविक समस्यालाई ध्यानमा राखेर काम गर्ने भन्दै विगतमा भएका कामको समीक्षा गर्दै पत्रकारमैत्री काउन्सिल बनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वस्थ पत्रकारिताको विकास हुने भएकाले आचारसंहिताको पालना गर्न सुझाव दिनुभयो ।

सदस्य लालबाबु शेखले पत्रकारको समस्या र कठिनाइ बुझ्न कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जारा, सचिव दिपेन्द्र चौहान लगायत जिल्लाका पत्रकारको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोरोनाको कारण विज्ञापन नपाउनु, बिलहरूको भुक्तानी समयमा नहुनु, पत्रिका प्रकासनमा समस्या आउनु जस्ता विषय उठाइएका थिए ।


तस्बिरः विपुल पाण्डे

 

प्रतिक्रिया :