संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पूर्वाग्रहबाट अलग रहेर काम गर्छुः अध्यक्ष बस्नेत

सम्झना पौडेल

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज विभिन्न महाशाखा–शाखा, समिति तथा उपसमितिबारे जानकारी लिनुभएको छ । काउन्सिलको सभाहलमा कर्मचारीहरूसँग उहाँले काम, कार्यसम्पादन, समस्या र चुनौती तथा भावी योजनाबारे विस्तृत जानकारी लिनुभएको हो । आफ्नो पत्रकारिताको अनुभव बाँड्दै उहाँले आफू नेतृत्वमा रहँदा आग्रह र पूर्वाग्रहबाट अलग रहने बताउनुभयो । अध्यक्ष बस्नेतले सम्पूर्ण कर्मचारीको साथ र सहयोगमा नै उच्च कार्यसम्पादन गर्न सकिने भएकाले बिना सङ्कोच काम गर्न निर्देशन दिनुभयो । संस्थाको शाख जोगाउन हरेक तह र तप्काबाट प्रयास गर्ने भन्दै उहाँले स्वस्थ, स्वच्छ र मर्यादीत काउन्सिल निमार्णमा लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

 

काउन्सिलका सदस्यहरू दीपक पाण्डे र ठाकुरप्रसाद बेलबासेले पनि काउन्सिलको काम कारबाहीको बारेमा जति बुझे पनि अपुग हुने भन्दै आफूहरूले संस्थाको गरिमा जोगाउन सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलको स्थापना, सदस्यहरूको नियुक्ति प्रक्रिया, कर्मचारीहरूका साथै काउन्सिको भूमिकाबारे स्पष्ट पार्नुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले आफूअन्तर्गतका महाशाखा, शाखाहरूको कामबारे जानकारी दिदैँ काउन्सिलमा सैद्धान्तिक र व्यावहारिक चुनौती भएकाले दूर गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता, अनुगमन तथा मिडिया प्रवद्धन महाशाखा प्रमुख रामप्रसाद पोखरेल, आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाइ महाशाखा प्रमुख रामशरण बोहरा, वितरण सम्परीक्षण शाखा प्रमुख रहमतुल्ला मियाँ, नीति योजना तथा प्रशासन शाखा प्रमुख राधेश्याम अधिकारी, आचारसंहिता अनुगमन शाखा प्रमुख सुरेन्द्र मल्ल, प्रेस स्वतन्त्रता, अनुगमन तथा कानुन शाखा प्रमुख गिता पराजुली, आर्थिक प्रशासन तथा कोष वयवस्थापन शाखा प्रमुख सविता ढकाल, अनुसन्धान तथा मिडिया प्रर्वद्धन शाखा प्रमुख विष्णु शर्मा लम्सालले आ–आफ्नो महाशाखा –शाखाबारे जानकारी दिनुभयो ।

तस्बिरः विपुल पाण्डे

प्रतिक्रिया :