संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कर्णाली प्रदेशस्तरीय ‘भर्चुअल’ कार्यक्रम सम्पन्न

सम्झना पौडेल

कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको संयोजनमा अन्तरक्रियात्मक ‘भर्चुअल’ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले कर्णाली प्रदेशका लागि छुट्टै नीति बनाउन बोर्ड बैठकमार्फत पहल गर्ने बताउनुभयो । उहाँले काउन्सिलको अहिलेको टिम श्रमजीवी पत्रकारहरूकै टिम भएकाले पत्रकारको वास्तविक समस्यालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । सदस्य बेलबासेले सुगम ठाउँमा भन्दा दुर्गममा भैरहेको पत्रकारिताको विकासप्रति समग्र कर्णालीका पत्रकारको मेहनत झल्किएको भन्दै विगतमा भएका कामको समीक्षा गर्दै पत्रकारमैत्री काउन्सिल बनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो । पत्रकारितामा देखिएका विकृतिलाई रोक्न काउन्सिलले आचारसंहिता जारी गरेकाले यसको पालनामा लाग्न सुझाव दिनुभयो । उहाँले कार्यक्रममा उठेका विषयबस्तुलाई लिपिवद्ध गरी पुस्तक निकाल्न सकिने धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले कोरोनामा पत्रकारिताको माध्यमबाट सूचना र समाचार प्रवाह गर्ने पत्रकारको धर्म भएको भन्दै पत्रकारको समस्यामा काउन्सिलले गर्न सक्ने र हुनसक्ने जति सहयोग गर्ने बताउनुभयो । उहाँले विगतमा पनि सोधपत्र लेखनमा छात्रवृत्ति प्रदान गरेको, पत्रकारका लागि इन्टरनेट जडान, ल्यापटप, क्यामेरा खरिद आदिमा सहुलियत दिइदैँ आएको बताउनुभयो ।

वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले काउन्सिलले पत्रकारका लागि दिँदै आएको सेवा सुविधाबारे जानकारी दिनुहुँदै पत्रकारकै समस्या बुझ्न कार्यक्रम गरिएको बताउनुभयो । जस्तोसुकै महामारीमा पनि काउन्सिल पत्रकारको साथमा रहेको भन्दै उहाँले देशभरका समग्र पत्रकारको अवस्था बुझ्नेगरी प्रदेशस्तरीय कार्यक्रम भैरहेको बताउनुभयो । उहाँले कर्णाली भौगोलिकरूपमा विकट भएकै कारण त्यहाँका पत्रकारको समस्यालाई समाधान गर्न विशेषरूपमा लागिपर्ने बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य नवराज महतराले कणालीमैत्री काउन्सिल निमार्णको लागि थप सहयोग र सेवा सुविधा दिइनुपर्ने बताउनुभयो । उहाँले समग्र कर्णालीका पत्रकारको समस्या र चुनौतीबारे जानकारी दिनुहुँदै मिडिया विकास कोषलाई कर्णालीकेन्द्रित बनाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाले कोरोना महामारीमा सूचनाको समेत अभाव हुने भएकाले सोचेअनुसारको समाचार दिन नसकिएको गुनासो गर्नुभयो ।

महासङ्घका कर्णाली प्रदेशका सचिव दीपक बुढाले मिडिया विकास कोषबाट पत्रकारलाई राहत दिँदा विकेन्द्रीकरणको नीति अबलम्बन गर्न सुझाव दिनुभयो । उहाँले प्रेस पास बनाउन कर्णालीबाट काठमाडौँसम्म आउँदा हुने खर्च र कठिनाइबारे जानकारी दिनुहुँदै जिल्लाबाटै प्रेस पास पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्का अध्यक्षहरु, हुम्ला अध्यक्ष राजन रावत, जुम्ला अध्यक्ष नेत्र शाही, मुगु अध्यक्ष नृपेन्द्र मल्ल, सुर्खेत अध्यक्ष ललित बसेल जाजरकोट अध्यक्ष बालकुमार शर्मा, रासस कर्णाली प्रदेश प्रमुख सुरजकुमार सिंह, पत्रकारहरू शेरबहादुर थापा,सरिता चलाउने, महेश नेपाली, यज्ञराज थापालगायतले पत्रकारको स्वास्थ्य बिमा तीव्ररूपमा नभएको, स्वास्थ्य सामग्रीको अभावमा फिल्डमा खटिनु परेको, श्रमजीवी पत्रकारले समयमा पारिश्रमिक नपाएको, समाचार सङ्कलन र लेखनमा व्यावसायिक तालिम नपाएको जस्ता समस्याबारे जानकारी गराएका थिए ।

तस्बिरः विपुल पाण्डे

प्रतिक्रिया :