संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सोधपत्र लेखन छात्रवृत्तिका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय

प्रेस काउन्सिल नेपालले हरेक वर्ष दिने सोधपत्र लेखन छात्रवृत्तिका लागि यसवर्ष ७ जना विद्यार्थीलाई सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको छ । मिडिया विकास कोषमा परेका आवेदनमध्येबाट सम्बन्धित सेमेस्टरमा प्राप्त अङ्क, विषयवस्तु, समावेशिता समेतका आधारमा मूल्याङ्कन हुँदा उच्चतम अङ्क प्राप्त गर्ने आवेदकलाई उक्त छात्रवृत्ति प्रदान गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको हो ।

प्रत्येक प्रदेशबाट एक/एक जनालाई गरी सात जनलाई छात्रवृत्ति दिने निर्णय भएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत एवं कोषका सदस्य सचिव झबिन्द्र भुसालले जानकारी दिनुभयो । यही माघ ८ गते बिहिबार कोषको बैठक बसी अन्तिम सहमति प्रदान गर्ने निर्णय गरेको हो ।

सोधपत्र लेखन छात्रवृत्तिका लागि प्रदेश नम्बर दुईबाट आवेदन परेको थिएन । यस्तै गण्डकी प्रदेशबाट एकजनाको आवेदन पेस भएकोमा योग्यता नपुगेका कारण कोषको नीतिअनुसार ७ जनाको सीमामा रही थप दुई जनालाई उच्चतम अङ्कका आधारमा सैद्धान्तिक सहमति दिने निर्णय भएको सदस्य सचिव भुसालले बताउनुभयो ।

सैद्धान्तिक सहमति प्राप्त गर्ने आवेदकले शोधपत्र तयार गरी स्वीकृतिपश्चात काउन्सिलमा सम्पर्क गरी छात्रवृत्ति लिन सक्नेछन् ।

प्रतिक्रिया :