संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलले गर्‍यो उदयपुरमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाको संयोजनमा सोमबार उदयपुरको गाइघाटमा मिडिया विकास कोषबारे सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले अहिलेको पत्रकारिता मोफसलमा मात्रै सिमित नभएर अन्तर्राष्ट्रिय स्तरको भएको बताउनुभयो । उहाँले नयाँ प्रविधिसँगै अभ्यस्त बन्दै फट्को मार्नुपर्ने परिस्थितिमा अहिलेको युग कुदेको हुनाले पुराना पत्रकारले वरिपरिको परिवेश बुझेर समाचार पस्किन सके पत्रकारिता क्षेत्रमा सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

उहाँले लगानीकर्ताले थोरै लगानीबाट धेरै प्रतिफलको अपेक्षा गर्ने गर्दै गर्दा पत्रकारको बाटो फरक हो भन्नेतर्फ सचेत रही लगानीकर्ताको आरिस र चिन्ता नलिई आफ्नो पत्रकारिताको धर्म र कर्ममा दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । यसो गर्दा पत्रकारितामा शुद्धता कायम हुने र यसको प्रतिष्ठा झनै उँचो हुने उहाँको भनाई थियो ।

सबै सञ्चार माध्यमका संस्थाबाट भाषागत शुद्धताका लागि आ-आफ्ना भाषाशैलीमा शुद्धता कायम हुँदा समग्र पत्रकार र पत्रकारिता जगत्को गरिमा रहने भन्दै कोइरालाले निरन्तर एकआपसमा बहस र छलफलले सही सूचना पस्किन सहयोग पुग्ने बताउनुभयो ।

बहस र छलफल नहुनाले नै नेपाली राजनीतिमा समस्या देखिएको उल्लेख गर्दै उहाँले पत्रकारले समय सन्दर्भ र समस्याको पहिचान गर्न सक्नुपर्ने जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाका अध्यक्ष भरत खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सह प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलले मिडिया विकास कोषका सहयोगका क्षेत्रहरू र कोषबाट सञ्चार केन्द्र स्थापनाका लागि हालसम्म अनुदान प्राप्त गरेका विभिन्न जिल्ला शाखाहरुका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले कोषबाट अनुदान लगायतका सुविधा लिनका लागि पेस गर्नुपर्ने कागजातहरुका विषयमा प्रष्ट पार्नुभयो । छ्लफलका क्रममा उठेका प्रश्न र जिज्ञासाका बारेमा सह-प्रशासकीय अधिकृत पोखरेलले स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार कौशल चेम्जोङले प्रविधीमैत्री अनलाइन पत्रकारिताबाट छिटो रेस्पोन्स हुने गरेको हुँदा यसको प्रभावकारिता र क्रेज बढेकोले पत्रकारलाई चनाखो भइ सत्य तथ्य समाचार पस्किनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया :