संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

भालुवाङमा प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रम

अर्घाखाँची ।

लुम्बिनी प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको भालुवाङमा सम्पन्न भएको छ । यही पुस ७ र ८ गते सम्पन्न उक्त कार्यक्रममा पत्रकार आचारसंहिता, भाषाको प्रयोग, व्याकरणीय शुद्धाशुद्धी र यसको कार्यान्वयन सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको संयोजनमा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचारसंहिता २०७३ को २०७६ असोज ६ गते संशोधनसहित जारी गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति अध्यक्ष मौसम रोकाले पत्रकारले आफूले आफैँलाई समीक्षा गर्नुपर्ने समय आएको बताउँदै तथ्यपरक पत्रकारितामा ध्यान दिन आग्रह गर्नुभयो ।

काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महास‌ङ्घका अध्यक्ष गोविन्द आचार्य, पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल प्रशिक्षक रहेको उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका मिडिया अनुगमनकर्ता विपुल पाण्डेले फरक–फरक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको प्रशिक्षक प्रशिक्षण सत्रमा पत्रकार किरण कौशलले लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र त्यहाँको पत्रकारिता र पत्रकारको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया :