संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कपिलवस्तुमा काउन्सिलले गर्‍यो पत्रकार अन्तरक्रिया

कपिलवस्तु ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाको संयोजनमा २०७७ पुस ७ गते पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष दिलाराम भुसालको सभापतित्व, प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य र प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालको विशेष आतिथ्य रहेको थियो ।

छलफलमा सहभागी पत्रकारले दर्ता नभई सञ्चालनमा रहेका अनलाइन पोर्टलले गर्दा वास्तविक पत्रकारहरूले दुःख पाउने गरेको गुनासो गरे । पत्रकार नै होइन भन्ने, अपहेलना हुने गरेको तथा एक सञ्चार माध्यमले अर्को सञ्चारमाध्यमलाई असहयोग गर्ने गरेको जस्ता गुनासा राखे । न्यूनतम पारिश्रमिक, विज्ञापनको समस्या, हाल कोभिड–१९ ले गर्दा रोजगारी गुमाउनु परेको पत्रकारको भनाई थियो ।

प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यम र सञ्चारकर्मीले पत्रकार आचारसंहिता पालना गरेर सबैको लागि उदाहरणीय बन्नुपर्ने धारणा राख्नुभयो । हरेक दिन समाचार लेख्नुभन्दा अगाडि आचारसहिंता सम्झने हो भने संचारमाध्यममा कुनै पनि समस्या नहुने अध्यक्ष आचार्यको सुझाव थियो ।

यसैगरी प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले पत्रकारहरूको पेसागत र भौतिक सुरक्षाको लागि पत्रकार आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया :