संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया पर्साको विरगञ्जमा सम्पन्न

सम्झना पौडेल

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ पर्सा शाखाको संयोजनमा आइतबार पत्रकार आचारसंहिता र कोभिड १९ ले मिडियामा पारेको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम पर्साको विरगञ्जमा सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिलकी सदस्य संगीता खड्काले कोरोनाको कारण प्रिन्ट मिडिया समस्यामा परेको भन्दै पत्रकारले भोग्नुपरेका समस्याहरुबारे सुझाव संकलन गरी समस्या समाधानमा पहल गरिने बताउनुभयो । उहाँले पत्रकारको वृद्धिविकासको लागि काउन्सिल सदैव तयार रहेको उल्लेख गर्नुभयो । सदस्य खड्काले अनलाइनलाई काउन्सिलको आचारसंहिताले बाँध्ने भएपनि सामाजिक सञ्जालहरुलाई नियमन गर्ने अधिकार काउन्सिलको क्षेत्राधिकार भित्र नपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले काउन्सिलले पत्रकारलाई सहयोग गर्ने विषयमा आफ्नो जिम्मेवारी बाट पछि हट्न नमिल्ने बताउनभयो ।

पत्रकार महासङ्घ पर्सा शाखाका उपाध्यक्ष अनिल तिवारीले काउन्सिलले आचारसंहिताको कार्यक्रम गर्नु स्वागतयोग्य भएको भन्दै तालिमको आवश्यकता औँल्याउनुुभयो । सहभागी पत्रकारले पिडिएफ प्रणालीमा पत्रिकाको विवरण राख्दा भाषामा समस्या परेको, स्रोत दिएर राखिएको सामग्रीलाई पत्रिकाको हुबहुमा राखिएको गुनासो गरेका थिए ।

पत्रकार महासङ्घ पर्साका सचिव युवराज खड्काले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस संगठन नेपाल बाग्मती प्रदेशका सह–संयोजक सुनिल खड्का, प्रेस काउन्सिल नेपालका शाखा अधिकृत विष्णु शर्मा लम्साल लगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :