संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

बारामा पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

सम्झना पौडेल

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ बारा शाखाको संयोजनमा आइतबार पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्काले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ सहयोगी भूमिका निभाउँदै आएको बताउनुभयो । उहाँले कोभिड–१९ का कारण प्रभावित पत्रकार मिडियालाई सहयोग गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग काउन्सिलले पहल गर्ने जानकारी दिँदै समग्र काउन्सिलको काम कारबाहीबारे जानकारी दिनुभयो ।

प्रेस संगठन नेपाल बागमति प्रदेशका सह–संयोजक सुनिल खड्काले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले यसलाई रोक्न आवश्यक रहेको उल्लेख गर्नुभयो । पत्रकार महासंघ बाराका सचिव गणेश रिजालले पत्रकारको लेखाइ र बोलाइले उसको पहिचान झल्काउने भएकाले सजगता अपनाउनुपर्ने बताउनभयो । उहाँले कोभिड– १९को कारण सबैभन्दा बढी मिडिया र पत्रकार प्रभावित भएको भन्दै आवश्यक सहयोगको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका मिडिया अनुगमनकर्ता सम्झना पौडेलले पत्रकार आचारसंहिताको बारेमा जानकारी दिँदै प्रेस काउन्सिल पत्रकारहरुको अभिभावक संस्था भएकाले आवश्यक परेको खण्डमा बचाउने र गलत गरेका कारबाही गर्ने बताउनुभयो । उहाँले दण्ड र जरिवाना नभएर काउन्सिलले गर्ने कारबाही नैतिक कारवाही हुने भन्दै महिला उत्तरदायी निर्देशिका, २०७६ काउन्सिलले जारी गरेको, प्रेस काउन्सिलका अध्यक्ष गोपाल बुढाथोकीको पहलमा महिलाहिंसासम्बन्धि १६ दिने अभियानमा ऐक्यबद्धता जनाएको र महिलाको गुनासो सुन्न फोकल पर्सन सगेत गठन गरिएको बताउनुभयो ।

बारा जिल्लाका पत्रकारहरूले सबैभन्दा बढी महिला हिंसा बारामा हुने भएकाले समाचार तयार पार्दा थप सजगता अपनाउने बताएका छन् । पत्रकारहरूले युट्युवले गर्दा पत्रकारको बद्नाम हुँदै गएकाले नियमन गर्न आग्रह गरेका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका शाखा अधिकृत विष्णु शर्मा लम्साल, पत्रकार रेशम तिवारी, गुरुप्रसाद गौतमलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :