संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मकवानपुरमा काउन्सिलको पत्रकार अन्तरक्रिया

सम्झना पौडेल ।

प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासङ्घ मकवानपुर शाखाको संयोजनमा सोमबार पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका बिषयकसम्बन्धी अन्तरक्रिया कार्यक्रम मकवानपुरको हेटौँडामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रेस काउन्सिलकी सदस्य संगीता खड्काले पत्रकारलाई परेको समस्या समाधानका लागि काउन्सिलले सधैँ सहयोगी भूमिका निभाउँदै आएको भन्दै पत्रकारको पक्षमा काउन्सिलले गर्न सक्ने सहयोगको लागि हमेसा तयार भएको बताउनुभयो ।

उहाँले कोभिड–१९ का कारण प्रभावित पत्रकार मिडियालाई सहयोग गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग काउन्सिलले पहल गर्ने जानकारी दिँदै महामारीको समयमा पनि काउन्सिलले अनुगमनको कार्यलाई निरन्तरता दिएको स्पष्ट पार्नुभयो ।

मकवानपुरले धेरै राम्रा पत्रकार जन्माएको भन्दै उहाँले आगामी दिनमा मकवानपुरमा क्षेत्रीय स्तरको कार्यक्रम गर्न पहल गर्ने बताउनुभयो । सामाजिक सञ्जाल काउन्सिलको दायरा भित्र नपर्ने भएकाले आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायसँग समन्वय गर्न सकिने सम्मको अधिकार मात्रै भएको बताउनुभयो ।

पत्रकार महासङ्घ बाग्मती प्रदेशका अध्यक्ष प्रताप बिष्टले प्रेस काउन्सिलको भूमिका फराकिलो बन्दै गएकाले आगामी दिनमा यस्ता कार्यक्रम भैरहनुपर्ने बताउनुभयो । कोरोनाबाट सबैभन्दा बढी समस्या पत्रकारलाई आर्थिक रुपमा परेको भन्दै पत्रकारले पनि समाचारको विषयवस्तुअनुसार सधै एकैखालको भन्दा फरक एङ्गलबाट लेख्न सक्नुपर्ने बताउनुयो । अबको पत्रकारिता नयाँ धारबाट सुरु भएकोले थप परिमार्जित हुनुपर्ने उहाँको भनाई थियो ।

पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरी हुमागाईले हुलाक कार्यालयबाट पत्रकार र मिडियासञ्चालक पीडित भएकाले त्यस्तो समस्या समाधानको लागि महासंघले पहल कदमि भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिल नियमनकारी निकाय मात्र नभएर पत्रकारको अभिभावक भएको बताउनुभयो ।

काउन्सिलकी मिडिया अनुगमनकर्ता सम्झना पौडेलले पत्रकार आचारसंहिता पत्रकारको मुल मन्त्र भएकाले यसैको अनुसरण गरी स्वस्च्छ पत्रकारिताको विकासमा पत्रकार लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलले गर्ने कारबाही दण्ड र जरिवानामा नभएर नैतिक कारवाही हुने भएकाले आचारसंहिताको पूर्ण पालनामा ध्यान दिनुपर्ने बताउनुभयो । काउन्सिलले महिला उत्तरदायी निर्देशिका, २०७६ जारी गरेको, प्रेस काउन्सिलका अध्यक्ष गोपाल बुढाथोकीको पहलमा महिला हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाएको र महिलाको गुनासो सुन्न फोकल पर्सन गठन भएको, अन्य समयमा समेत महिलाको विषयवस्तुलाई काउन्सिलले अनुगमन गर्ने गरेको केही उदाहरण दिँदै प्रष्ट पार्नुभयो ।

पत्रकार माधव न्यौपानेले पत्रकारले कोरोना बीमाको पैसा लिनको लागि समस्या झेल्नु परेको बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले वर्गिकरणको लागि झेल्नुपरेको समस्या, हुलाक कार्यालयबाट रकम लिदाँ खेप्नुपरेको समस्या सुधार्न पहल गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा मकवानपुरका विभिन्न सञ्चारमाध्यममा सङ्लग्न पत्रकार, काउन्सिलका शाखा अधिकृत विष्णु शर्मा लम्साल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :