संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

टेलिभिजनलाई सार्वजनिकरुपमा क्षमायाचना गर्न निर्देशन

काठमाडौ । कृषि टेलिभिजनद्वारा मिति २०७७।२।१ गते बिहीबार दिउँसो ३ः०० बजे प्रसारित “कोरोना बिर्साउने कार्यक्रम” विषयमा मिति २०७७।२।१३ गते बिहान ११ः०० बजे प्रेस काउन्सिल सचिवालयमा दुवै पक्षलाई राखेर छलफल गरिएको छ । सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीबारे छलफल भयो । सञ्चारमाध्यमबाट प्रसारित सामग्रीउपर परेका उजुरीका सम्बन्धमा काउन्सिलको तर्फबाट अनुगमन हुँदा प्रयुक्त भाषा, भेषभुषा, शब्दमार्फत् सिङ्गो समुदायप्रति अत्यन्तै असन्तुलित, जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सम्बन्ध, सामाजिक सद्भावमा खलल पार्ने किसिमबाट सामग्री सम्प्रेषण भएकोे, जसबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को दफा ४(३), ४(४), ४(६), ५(१), उल्लंघन भएको पाइएको छ । यस्तो सामग्री के÷कसरी सम्प्रेषण हुन गएकोे हो ? प्रशारित सामग्रीको प्रकृति खुलाएर क्षमायाचनासहित अविलम्ब सामाजिक सञ्जालबाटसमेत सामग्री हटाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न, आइन्दा यस प्रकृतिका भूल नदोहो¥याउने प्रतिवद्धता जनाउन निर्देशन दिइएको थियो । निर्देशनपश्चात् सञ्चारमाध्यमबाट मिति २०७७।२।९ मा “…सो कार्यक्रममा प्रस्तोताबाट भएको शब्द चयनको त्रुटिका कारण कोही कसैलाई आघात पर्न गएकोमा यस टेलिभिजन परिवार क्षमाप्रार्थी छ । उक्त कार्यक्रम आजैको मितिबाट उत्पादन र प्रशारण बन्द गरी कार्यक्रम प्रस्तोतालाई पनि हटाउने निर्णय गरेका छौं । सामाजिक सञ्जालमा कार्यक्रमको विरोधपछि उक्त कार्यक्रम तत्कालै हटाइसकेको पनि जानकारी गराउँदछौं । अन्तमा आगामी दिनमा पुनः यस्ता प्रकृतिका भूल नदोहो¥याउने र सामाजिक सद्भावमा खलल पर्न जाने किसिमका कुनैपनि सामग्री यस टेलिभिजनबाट निर्माण तथा प्रशारण गर्ने छैनौं ।” भन्ने स्पष्टीकरण पेश भएको सम्बन्धमा छलफल केन्द्रित थियो ।

छलफलमा सहभागी उजुरीकर्ताहरुबाट काउन्सिलले कृषि टेलिभिजनको यो प्रकरणलाई मध्यनजर गरी दुईपक्षीय छलफलमा आफ्नो भनाई राख्ने मौका दिएकोमा धन्यवाद व्यक्त भएको तर पत्रकार आचारसंहिताअन्तर्गत नभई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम नै कारबाही हुनुपर्ने माग राखिएको हुँदा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र नपर्ने वास्तविकता रहेको, कृषि टिभीले यस प्रकृतिको गम्भीर भूल पहिलोचोटी गरेको उजुरी परेको, प्रशारित कार्यक्रमबाट सिङ्गो मधेशी समुदायको स्वाभिमानमा गहिरो चोट पर्न गएको र यसउपर पत्रकार आचारसंहिताको कोणबाट कडा र स्पष्ट निर्णय हुनुपर्ने काउन्सिलको ठहर छ । सोहीबमोजिम “कार्यक्रमको प्रस्तुतिबाट मधेशी समुदायलाई पर्न गएको आघातप्रति गम्भीर क्षमायाचना गर्दै यस्ता अक्षम्य गल्ती÷कमजोरी नदोहो¥याउने प्रतिवद्धतासहित आगामी दिनमा यस्तो गल्ती कमजोरी भएमा सोहीबमोजिम प्रचलित ऐन, नियम, कानुनबमोजिम कारबाहीको भागी हुन मञ्जुर रहेको व्यहोरासहित टेलिभिजनका अध्यक्षबाट सिङ्गो मधेशी समुदायसँग क्षमायाचना गर्ने र पत्रकार आचारसंहिताको पूर्ण पालनामा प्रतिवद्धताको सन्देश प्रसारण गरी सोको अभिलेख काउन्सिलमा दुई दिनभित्र उपलब्ध गराउन निर्देशन दिने । प्रेस काउन्सिलको मध्यस्थतामा आजको छलफल र काउन्सिलले कृषि टिभीलाई दिएको निर्देशनसम्बन्धी जानकारी नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश नं. २ सरकारलाई समेत दिने निर्णय भएको छ ।

 

प्रतिक्रिया :