संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कृषि टेलिभिजनले माग्यो क्षमा (भिडियोसहित)

२०७७।०२।१५,
काठमाडौँ ।

‘कोरोना बिसाउने गफगाफ’ कार्यक्रममार्फत् मधेसी समुदायको भावनामा आघात पुर्याएवापत परेको उजुरीउपर कारबाहीको क्रममा प्रेस काउन्सिल नेपालद्वारा दिइएको निर्देशनबमोजिम कृषि टेलिभिजनले क्षमायाचना गरेको छ । उक्त टेलिभिजनमा गत जेठ १ गते ‘कोरोना बिसाउने गफगाफ’ कार्यक्रमअन्तर्गत मधेशी समुदायलाई होच्याउनेखाले सामग्री प्रशारण हुन गएको । यसबारे २०७७/२/८ काउन्सलले टेलिभिजनसँग तीन दिने स्पष्टीकरण मागेको हो । ‘हिमाल, पहाड तराई, कोही छैन पराई’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै अघि बढेको आफ्नो सञ्चारगृहले आम जनतालाई एकताको सूत्रमा बाँध्न सधै तत्पर रहने टेलिभिजनका अध्यक्ष तेजविक्रम थापाले क्षमायाचनाको भिडियोमार्फत बताउनु भएको छ । उहाँले असावधानीबस मधेसी समुदायको भावनामा ठेस पुग्न गएको भन्दै अब आइन्दा यस्ता प्रकारका कार्यक्रम प्रशारण नगर्ने स्पष्ट पार्नुभएको छ । टेलिभिजन नेपालको संविधान, कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालनमा प्रतिबद्ध रहने प्रतिवद्धतासमेत उहाँले ब्यक्त गर्नुभएको छ । टेलिभिजनले मधेसी समुदायप्रति सदासर्वदा सम्मान प्रकट गर्ने, भविष्यमा समुदायप्रति छेडछाड हुने कुनै किसिमका कार्यक्रम नगर्ने भन्दै सो कार्यक्रमको भिडियो सबै माध्यमबाट हटाइसकेको समेत जनाएको छ । अबउप्रान्त यस्ता अक्षम्य गल्ती/कमजोरी नदोहो¥याउने प्रतिवद्धतासहित कुनै गल्ती कमजोरी हुन गएमा प्रचलित ऐन, नियम, कानुनबमोजिम कारबाहीको भागी हुन मञ्जुर रहेको व्यहोरासहित टेलिभिजनका अध्यक्षबाट सिङ्गो मधेशी समुदायसँग क्षमायाचना सहितको भिडियो शन्देश आज काउन्सिललाई प्राप्त भएको हो । यसअघि सार्वजनिकरुपमा क्षमायाचना गर्न प्रेस काउन्सिल नेपालले निर्देशन दिएको थियो । “कोरोना बिर्साउने गफगाफ” कार्यक्रमबारे पर्न आएका उजुरीका सम्बन्धमा मिति २०७७/२/८ काउन्सिलबाट स्पष्टीकरण सोधिएको थियो । सो बिषयमा टेलिभिजनबाट २०७७।२।९ मा जवाफ प्राप्त भएको र सोही बिषयमा मिति २०७७।२।१३ गते उजुरीकर्ताहरु, टेलिभिजनका अध्यक्ष, कार्यकारी निर्देशसहितका पदाधिकारी र कार्यक्रम प्रस्तोताहरुबीच काउन्सिलका पदाधिकारी एवं कर्मचारीहरुको रोहबरमा छलफल सम्पन्न भएको थियो । कार्यक्रममा उजुरीकर्ताहरुले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही हुनुपर्ने माग राखेका थिए । विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्ने विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र नपर्ने, कृषि टिभीले यस प्रकृतिको गम्भीर भूलमा पहिलोचोटी गरेको उजुरी परेको, प्रशारित कार्यक्रमबाट सिङ्गो मधेशी समुदायको स्वाभिमानमा गहिरो चोट पर्न गएको र यसउपर पत्रकार आचारसंहिताको कोणबाट छलफल भई कार्यक्रमको प्रस्तुतिबाट मधेशी समुदायलाई पर्न गएको आघातप्रति सार्वजनिकरुपमा क्षमायाचना सन्देश प्रसारण गरी सोको अभिलेख काउन्सिलमा दुई दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकोमा टेलिभिजनबाट उक्त क्षमायाचना गरिएको प्रमाण प्राप्त भएको हो ।

प्रतिक्रिया :