संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता, २०७३ संशोधनमा सुझाव उपलब्ध गराइदिनु हुन

प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमको लागि पत्रकार आचारसंहिता निर्माण गरी सोको अनुगमन गर्दै आइरहेको व्यहोरा विदितै छ । आचारसंहिता समयसापेक्ष संशोधन/परिमार्जन हुँदै आइरहेको छ । पछिल्लो पटक २०७३ साल असोज ६ गते जारी भएको पत्रकार आचारसंहिता, २०७३ मा कतिपय विषय छुट भएको र समयसापेक्ष संशोधन गर्नुपर्ने गुनासा र सुझावहरु आइरहेको सन्दर्भमा उक्त आचारसंहिता संशोधनको तयारी हुँदै गरेको व्यहोरा अवगत गराउँदै संशोधन गर्नुपर्ने विषयमा सरोकारवालाको राय सुझावको लागि पत्राचार गरिएको छ । संशोधन गर्नुपर्ने विषयमा कुनै सुझाव भएमा काउन्सिलको इमेल presscouncilnepal@gmail.com मार्फत काउन्सिलमा उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

झविन्द्र भुसाल
मुख्य अधिकृत

प्रतिक्रिया :