संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका प्रकाशकहरूलाई प्रकाशनको डिजिटल अभिलेख गराउने बारेको जरुरी सूचना !

 

प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू भई पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी हाजिरी भइरहेको छ । हालसम्म प्रदेश नं. १ बाट ६१ पत्रिका, प्रदेश नं. २ बाट ७४, प्रदेश नं. ३ बाट १६६, प्रदेश नं. ४ बाट ४५, प्रदेश नं. ५ बाट ४०, प्रदेश नं. ६ बाट १२ र प्रदेश नं. ७ बाट ३० वटा गरी कुल ४२८ वटा पत्रिकाको डिजिटल अभिलेखका लागि दर्ता भएको छ । हालसम्म प्रायः सबै पत्रपत्रिका यो प्रणालीमा आवद्ध भई आ.व. २०७६।७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्नेमा यस प्रणालीमा आवद्ध नभएका पत्रपत्रिकाले २०७६ साउन मसान्तभित्र डिजिटल अभिलेखका लागि दर्ता हुन सम्बन्धित सबैको जानकारीका लागि पुनः यो सूचना जारी गरिएको छ ।

अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers.presscouncilnepal.gov.np गरेर सिष्टमभित्र गई पहिलोपटक सिष्टम प्रयोगकर्ता रजिष्ट्रेशन (User Registration) गर्नुपर्दछ । प्रकाशक/पत्रपत्रिका विवरण/अपलोड सहयोगको लागि Register Publication भित्रको Help र Sample Form , पत्रपत्रिका दर्ता फाराम (Add Newspaper) अन्तर्गतको Sample Form र Upload Newspaper अन्तर्गतको Sample Form हेर्न सकिनेछ र काउन्सिल सचिवालयमा सहयोगका लागि खडा गरिएको सहयोग कक्ष (Help Desk) को देहायको फोन नं. मा सम्पर्क गरी सहायता लिन सकिने व्यहोरासमेत सूचित गरिन्छ ।

साथै अर्को व्यवस्था नभएसम्मका लागि पत्रपत्रिकाको हार्डकपी नियमितरुपमा समयमै काउन्सिलको अभिलेख शाखामा उपलब्ध हुने व्यवस्था गर्न समेत प्रकाशकहरुलाई सूचित गरिन्छ ।

सम्पर्क
टेलिफोन : ४११२६७८, ४११२७९९
मोबाइल : ९८२३८२९२६३, ९८६०९८२३५८, ९८०८०२६६५२

प्रतिक्रिया :