संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रकाशकहरूका लागि अत्यन्त जरूरी सूचना

Newspaper Management System - Press Council Nepal

प्रेस काउन्सिल नेपालले यही २०७६ साल साउन १ गतेदेखि डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू गर्न गइरहेको छ । अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्नो प्रकाशन अङ्कको पिडिएफ (PDF) फाइल बनाई काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी हाजिरी गर्नुहुन सूचित गरिन्छ ।

अबउप्रान्त पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी (PDF File) काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुनेछ । अतः आ.व. २०७६/७७ को साउनदेखि प्रकाशन भएका पत्रपत्रिकाहरू अनिवार्यरूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers.presscouncilnepal.gov.np मा क्लिक/लग अन गरेर सिष्टम भित्र गई पहिलो पटक सिष्टम प्रयोगकर्ता रजिष्ट्रेशन (User Registration) गर्नुपर्दछ । यस कार्यको सहयोगको लागि काउन्सिलको वेबसाइटबाट प्रयोग गर्ने तरिका (User Guide) डाउनलोड गरी हेर्न सकिनेछ भने काउन्सिलमा सचिवालयमा सहयोगको लागि खडा गरिएको सहयोग कक्ष (Help Desk) को देहायको फोन नं. सम्पर्क गरी सहायता लिन सकिने व्यहोरासमेत सूचित गरिन्छ ।

यसका साथै आ.व. २०७५।७६ को असारसम्मका पत्रपत्रिकाहरू २०७६ साउन १५ गतेभित्र अनिवार्यरूपमा काउन्सिल सचिवालयमा अभिलेख गराउन समेत सूचित गरिन्छ ।

 

सम्पर्क
टेलिफोन : ४११२६७८, ४११२७९९
मोबाइल : ९८२३८२९२६३, ९८६०९८२३५८, ९८०८०२६६५२
इमेल : presscouncilnepal@gmail.com,
pcnnewspapermanagement@gmail.com

Newspaper Management System - Press Council Nepal

प्रतिक्रिया :