संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कम्पनीको मातहतमा अनलाइन सूचीकरण निमित्त निवेदन दर्ताका लागि आवश्यक कागजातहरु:

 

१) कम्पनीको लेटरप्याडमा अनलाइन सञ्चालन गर्न लागिएकोले सूचीकरण गरी सो को प्रमाणपत्रसमेत उपलब्ध गराइ पाऊँ भनी स्पष्ट डोमेन नाम अंग्रेजीमा उल्लेख गरी निवेदन
२) स्पष्टसँग भरिएको सूचीकरण फाराम
३) सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्याम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
५) प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपि
६) मुख्य सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
७) कम्पनीको प्रबन्धपत्रको प्रतिलिपि
→ कम्पनी प्रबन्धपत्रमा ‘अनलाइन मिडिया सञ्चालन गर्ने’ सम्बन्धी उद्देश्य समावेश भएको हुनुपर्नेछ
८) कम्पनीको नियमावलीको प्रतिलिपि
९) संचालन हुने अनलाइनको Domain Name उल्लेख गरिएको कम्पनीको बोर्ड बैठकको माइन्यूटको प्रतिलिपि (जसमा Domain Name अंग्रेजीमा खुलाई उक्त अनलाइनलाई प्रेस काउन्सिल नेपालमा सूचीकरण गर्ने तथा सूचना तथा प्रसारण विभागमा दर्ता गर्ने भनी निर्णय भएको हुनुपर्ने)
१०) Domain को Who is Who Record मा प्रस्तावित डोमेनको संचालक संस्था, संचालकको नाम, ठेगाना तथा सम्पर्क नम्बर उल्लेख भएको हुनुपर्ने र त्यसलाई प्रिन्ट गरी ल्याउनुपर्ने ।

नोट: काउन्सिलको वेबसाइट www.presscouncilnepal.gov.np बाट अथवा यहाँ Click गरी अनलाइन सूचीकरण फाराम डाउनलोड गरी विवरण भरी मुख्य संचालकको फोटो टाँसी सम्पूर्ण कागजात अनिवार्य रेकर्ड फाइलमा राखी सूचीकरणका लागि दर्ता गर्नुपर्नेछ । कार्यालयबाट सूचीकरण फारमबाहेक अन्य केही पनि उपलब्ध गराइने छैन ।

सूचना प्रविधि तथा अभिलेख र आचारसंहिता अनुगमन (विद्युतीय) शाखा
प्रेस काउन्सिल नेपाल

प्रतिक्रिया :