संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रिकाको नामबाट अनलाइन संस्करणको रुपमा अनलाइन संंचालन गर्नको लागि :

१) पत्रिकाको लेटरप्याडमा पत्रिकाको अनलाइन संस्करण संचालन गर्न लागिएकोले उक्त अनलाइनलाई सूचीकरण गरी सो को प्रमाणपत्रसमेत उपलब्ध गराइपाऊँ भनी स्पष्ट डोमेन नाम अंग्रेजीमा उल्लेख गरी निवेदन
२) स्पष्टसँग भरिएको सूचीकरण फाराम
३) सूचना तथा प्रशारण विभागमा अनलाइन सञ्चारमाध्याम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४) पत्रिका स्थायी दर्ता प्रमाणपत्रको प्रतिलिपि
५) प्यान/भ्याटको प्रमाणपत्रको प्रतिलिपि
६) पत्रिका प्रकाशकको नागरिकता प्रमाणपत्रिको प्रतिलिपि
७) Domain को Who is Who Record मा प्रस्तावित डोमेनको संचालक संस्था, संचालकको नाम, ठेगाना तथा सम्पर्क नम्बर उल्लेख भएको हुनुपर्ने ।

नोट: काउन्सिलको वेबसाइट www.presscouncilnepal.gov.np बाट अथवा यहाँ Click गरी अनलाइन सूचीकरण फाराम डाउनलोड गरी विवरण भरी मुख्य संचालकको फोटो टाँसी सम्पूर्ण कागजात अनिवार्य रेकर्ड फाइलमा राखी सूचीकरणका लागि दर्ता गर्नुपर्नेछ । कार्यालयबाट सूचीकरण फारमबाहेक अन्य केही पनि उपलब्ध गराइने छैन ।

सूचना प्रविधि तथा अभिलेख र आचारसंहिता अनुगमन (विद्युतीय) शाखा
प्रेस काउन्सिल नेपाल

प्रतिक्रिया :