संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता सम्पन्न


काठमाडौँ, फागुन ०७,

६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रेस काउन्सिल नेपालले काउन्सिल सचिवालयमा कविता प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा ‘प्रजातन्त्र बिशेष’ शीर्षकको कविता वाचन गरेर विपुल पाण्डे प्रथम भएका छन् । यसैगरी मुना खतिवडा द्धितीय तथा लोकराज भट्ट तृतीय भएका छन् । कविता प्रतियोगितामा प्रेमचन्द्र बडू, संझना पौडेल, मदनकृष्ण सिलवाल, कुशल अर्यालसहित ७ जनाले भाग लिएका थिए । सो अवसरमा काउन्सिलका सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल , डा. धनप्रसाद सुवेदीले पनि कविता प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रजातन्त्र प्राप्तिका लागि गर्नु परेको संघर्ष, प्रजातन्त्र पश्चात जनताले भोगेको शासन व्यवस्थाबारे व्यंग्यात्मक कविताहरु प्रस्तुत भएका थिए ।

फोटो : राजन सिंह ठकुरी

प्रतिक्रिया :