संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

रुपन्देहीमा मिडियाप्रतिको जनगुनासो तथा पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रम

प्रेस काउन्सिल नेपालको आयोजनामा २०७५ फागुन २ गते रुपन्देही जिल्लामा मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा पत्रकार आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरीप्रसाद ओझाले काउन्सिलले आचारसंहिता उल्लङ्घनको उजुरी लिने मात्र नभई पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा समेत काम गर्दैआएको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा भएका त्रुटि सच्याउदै समाजलाई सही गतिमा लैजान मिडियाले सघाउनुपर्ने सुझाव दिनुभयो ।

प्रेस काउन्सिलनेपालका अर्का सदस्य गोविन्द चौलागाँईले विषयवस्तुबारे प्रकाश पार्दै जिम्मेवारीपूर्ण पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिल नियमनकारी निकाय भएकाले गुनासो भए उजुरी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सी ले सवैभन्दा पहिला पत्रकार जवाफदेहि हुनुपर्ने बताउनुभयो । कार्यकक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाँई, विनोद भण्डारी, हरि लम्साल र मानवअधिकार तथा शान्ति समाजका बरिष्ठ केन्द्रिय उपाध्यक्ष गोविन्द खनाल, रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष यमलाल लोहनी लगायतले पत्रकार र मिडिया जिम्मेवार हुनुपर्ने सुझाव दिनुभएको थियो ।

साथै कार्यक्रममा नागरिक समाजका अगुवा, उद्योगी, व्यवसायी, मानवअधिकारकर्मी, सञ्चार सम्वद्ध संस्था वा व्यक्ति, सर्वसाधारणले समेत पत्रकारले आचारसंहिता पालना गर्दै सत्य तथ्य रिपोर्टिङ गर्नु पर्नेमा जोड दिएका थिए ।

अन्त्यमा काउन्सिलका तर्फबाट विभिन्न व्यक्तिहरुले कार्यक्रममा राखेका गुनासोहरुको सम्वोधन गरिएको थियो ।

प्रतिक्रिया :