संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहिता डिजिटल संसाद कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजनामा बिहीबार जिल्लाका पत्रकारहरूलाई पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका २ दर्जन जना भन्दा बढी सञ्चारकर्मीलाई प्रेस काउन्सिल नेपालले उक्त कार्यक्रम मार्फत मर्यादित पत्रकारिता तर्फ लाग्न जोड दिँदै कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले प्रेस काउन्सिल नेपालले सबै सञ्चार माध्यम र सञ्चारकर्मीहरूबाट त्रुटीपूर्ण पत्रकारिताको अन्त्य होस् भन्ने प्रेस काउन्सिलले चाहेको बताउनुभयो । वर्तमान अवस्थामा पत्रकारिता प्रतिशोधपूर्ण लेखन तर्फ अगाडि बढेकोले पत्रकार आचारसंहितामा रहेर कलम चलाउन पनि उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । साना लगानीमा सञ्चालनमा रहेका स्थानीय सञ्चारमाध्यमको संरक्षण र प्रबर्द्धनमा प्रेस काउन्सिल जिम्मेवार भएर काम गरिरहेको जानकारी दिनुहुँदै उहाँले पत्रकारिता आवाजविहीनहरूको आवाज बन्न सकोस् भन्ने कामना पनि गनर्नुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकारिता आचारसंहिता २०७३ का बारे सञ्चारकर्मीलाई व्याख्या र सहजिकरण गर्नुभएको थियो । पत्रकारिता क्षेत्रलाई जिम्मेवार र उत्तरदायी बनाउन आग्रह गर्दै मुख्य अधिकृत भुसालले जनविश्वास बटुल्ने खालका पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो ।

पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने कर्तव्य, गर्न नहुने काम, समाचारमा चित्त नबुझे उजुरी र कार्वाहि जस्ता विषउमा उहाँले जानकारी गराउनुभएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले पत्रकारिता क्षेत्र समाजको ऐना भएकोले त्यसै अनुरूपको पत्रकारिता हुनुपर्ने बताउनुभयो ।

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले सिन्धु पत्रकारितामा खिया लाग्न थालेको र खिया लाग्न नदिन सो कार्यक्रममा आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाले सो कार्यक्रममा जिल्लाका सञ्चारमाध्यम र सञ्चारकर्मीको अवस्थाको बारे प्रकाश पार्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द मरासिनी, पत्रकार चित्र मिजार, ङेम्लिङ लामा लगायतले स्थानीय सञ्चार माध्यम सञ्चालन गर्दा भोग्नु परेको समस्या बारे गुनासो राख्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालले देशव्यापी रूपमानै यस्ता खालका कार्यक्रमहरू पत्रकार, नागरिक समाज, प्रहरी प्रसाशन, लगायतको उपस्थितिमा सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा सिन्धुपाल्चोकको चौतारामा सम्पन्न कार्यकक्रममा पत्रकारीता गर्दाको दु:ख, समस्या चुनौती  तथा पत्रकार आचारसंहिताको अवस्था बारे छलफल गरिएको थियो ।

प्रतिक्रिया :