संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको प्रकाशित पत्रपत्रिकाको अभिलेख अद्यावधिक गर्ने अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति २०७५।०५।३१

नेपालभरबाट प्रकाशित हुने दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक पत्रिका प्रकाशनको अभिलेख काठमाडौं उपत्यकाको हकमा १५ दिनभित्र र उपत्यका बाहिरका जिल्लाहरुको हकमा बढीमा ३० दिनभित्र काउन्सिलमा अभिलेख गरिसक्नुपर्नेमा कतिपय पत्रिकाबाट सो अनुसार नभएकोले २०७४ साउनदेखि २०७५ असारमसान्तसम्मका पत्रिकाहरु २०७५ साउन मसान्तसम्म अद्यावधिक गर्नका निमित्त २०७५।४।२१ गते सूचना जारी गरिएको अवगत नै छ । यसरी साउन मसान्तसम्म समयसीमा तोकी अभिलेख नियमित गराउन सूचना प्रकाशन हुँदा पनि कतिपय पत्रपत्रिकाहरु नियमित हुन नआएको प्रति काउन्सिलको ध्यानाकर्षण भएको छ ।
पत्रिकाको अभिलेख नियमितता र वर्गीकरण सम्बन्धमा काउन्सिल बोर्डको मिति २०७५÷५÷२८ को बैठकको निर्णयानुसार २०७५ असार मसान्तसम्म प्रकाशन भएका पत्रपत्रिकाका अभिलेख २०७५ असोज १५ गतेसम्म अद्यावधिक गर्नुहुन साथै प्रकाशित पत्रिकाहरु काठमाडौं उपत्यकाको हकमा १५ दिनभित्र र उपत्यका बाहिरका जिल्लाहरुको हकमा बढीमा ३० दिनभित्र काउन्सिलमा अभिलेख गर्नहुन सूचित गरिन्छ । सो अनुसार अभिलेख नगर्ने पत्रपत्रिकाहरुको तत्पश्चात् अभिलेख नगरिने र पत्रपत्रिका वर्गीकरणका लागि फाराम दर्तासमेत नगरिने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।

प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम तिलगंगा काठमाडौं ।
फोनः ४११२६७८, ४११२७९९ फ्याक्स नं. ४११२६९४,पो.ब.नं. ३०७७
इमेलः presscouncilabcnepal@gmail.com
वेभसाइटः www.presscouncilnepal.gov.np

प्रतिक्रिया :