संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सम्पादकसंग छलफल

प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ बमोजिम आचारसंहिता सम्बन्धमा परेका उजुरीउपर छानवीन तथा कारवाही गर्दै आएको अवगत नै छ ।

पत्रकार जगत्को हित, रक्षाको साथै आफ्नो कर्तव्य, जिम्मेवारी र क्षेत्राधिकारप्रति काउन्सिल सदैव सचेत छ । पत्रकार आचारसंहिता, २०७३ को दफा ७ (२) बमोजिम काउन्सिलले आवश्यकताअनुसार सम्बन्धित पक्षहरुकाबीच मेलमिलाप गराउने प्रावधान छ । सोही बमोजिम आचारसंहिता अनुगमन समितिको निर्णय अनुसार आज मिति २०७५।०५।०८ गते चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतिराम तिमल्सिनासंग छलफल सम्पन्न भयो । त्यसैगरी कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेलाई पनि बोलाइएकोमा व्यस्तताका वावजुद काउन्सिलसंग सहकार्य गर्न तयार रहेको र आफ्ना पूर्वजहरुको कार्यकालका कुनै उजुरी फछ्र्यौट हुन बाँकी रहेको भए सोसमेत सल्टाउने प्रतिवद्धता जनाउनुभएको छ । हाम्रो आमन्त्रणलाई स्वीकारेर मेलमिलाप तथा सहकार्यको लागि प्रतिवद्धता जनाउनुभएकोमा दुबै सम्पादकलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

मिति २०७५।०५।०८ गते । प्रेस काउन्सिल नेपाल ।

प्रतिक्रिया :