संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिल व्यवस्थापन सुधारको मार्गचित्र सार्वजनिक

काठमाडौं÷सूचना तथा सञ्चारमन्त्री श्री शेरधन राईले उत्तरदायी, जवाफदेही र पारदर्शीतासहितको सुशासन कायम गर्दै राष्ट्रिय एकतामा लाग्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

प्रेस काउन्सिल नेपालले वैशाख १३ गते सोमवार राजधानीमा आयोजना गरेको काउन्सिल व्यbaisakh13-1वस्थापन सुधारको मार्गचित्र सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै सञ्चारमन्त्री राईले मिडियाको अभूतपूर्व विकाससँगै विकृति र विसङ्गती पनि बढेकोले आचारसंहिता अनुगमन गर्न मन्त्रालयले थप बजेट प्रवन्ध गर्ने वताउनुभयो । नयाँ माध्यमलाई कसरी स्वस्थ, मर्यादित र व्यवस्थित गर्न सकिन्छ ? यस सम्वन्धमा अन्तर्राष्ट्रिय अभ्यासवारे अनुसन्धान र बहस थालिएको वताउनुहुँदै सञ्चारमन्त्री राईले जनताको चाहनासंगै मार्गचित्र बमोजिम अघि वढ्नुपर्ने आवश्यता रहेको, काउन्सिलले औचित्य र आवश्यकता देखाउने वेला आएको धारणा राख्नुभयो ।

कार्यक्रममा सञ्चार सचिव श्री दिनेश कुमार थपलियाले मार्गचित्र घोषणा हुनु पनि उपलव्धी भएकोमा जोड दिँदै उदेश्य अनुरुप प्रतिफल ल्याउन मन्त्रालयले सहजीकरण गरिरहेको, परिवर्तनलाई ग्रहण गर्ने खालको समग्र सुधार गर्दै काउन्सिललाई अधिकार सम्पन्न वनाउने, नियम मिचेर बहादुर ठान्ने प्रवृति निस्तेज पार्ने, सम्पूर्ण रेडियोको स्वनियमन गर्ने, पत्रकारको योग्यता निर्धारण पनि काउन्सिलले नै गर्ने र सोको लागि प्रयाप्त बजेटको व्यवस्था मन्त्रालयले गर्ने वताउनुभएको थियो । सो अवसरमा सचिव थपलियाले काउन्सिललाई मिडिया आयोगको रुपमा प्रादेशिक संरचनासम्म लैजानुपर्ने नीजि धारणा समेत राख्नुभएको थियो ।

baisakh13-2   प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले सीमित स्रोत र साधनका वावजुद नियमित अनुगमन भैरहेको वताउनुभएको थियो ।

काउन्सिलका सदस्य एवम् पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले काउन्सिलको पुर्नसंरचना आवश्यक रहेको भन्दै काउन्सिल सुधारको २ वर्षे मार्गचित्र पूर्ण कार्यान्वयनमा ल्याईने वताउनुभयो । काउन्सिलका मुख्य अधिकृत श्री झविन्द्र भुसालले काउन्सिल व्यवस्थापन मार्गचित्र संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो ।
Download काउन्सिल व्यवस्थापन सुधारको मार्गचित्र

प्रतिक्रिया :