संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

बिशिष्ट र असाधारण भूमिका निभाउन मिडियालाई आग्रह

काठमाडौं÷प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार तथा लेखक समाजद्वारा राजधानीमा बैशाख १० गते  आयोजित “संक्रमणकालीन स्थितिमा युवा र मिडियाको भूमिका” विषयक अन्तरक्रिbaisakh10-1यामा मिडियाको प्रभावकारी भूमिकामा जोड दिए । कार्यक्रममा काउन्सिलका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले संक्रमणकालमा नेपाली मिडियाको भूमिका विशिष्ट र असाधरण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै डा. केवी रोकायाले राष्ट्र निर्माण र जनताको प्रगतिका निम्ति नभई आफ्ना आन्तरिक किचलोमा नेपालका दलहरु र संगठनहरु लागिपरेको भन्दै राष्ट्र निर्माणमा जुटन सवैलाई आग्रह गर्नुभयोे । कार्यपत्र प्रस्तुतकर्ता प्रा.डा. सुरेन्द्र केसीले युवाको जमात उपभोक्तावादी, भ्रष्टउन्मुख भएको औंल्याउनुहुँदै अहिले युवाको भूमिका सन्तोषजनक नरहेको । भुकम्पवाट ५ खर्व र नाकावन्दीवाट १६ खर्व क्षति राष्ट्रले व्यहोरेको धारणा राख्नुहुँदै केसीले संविधान बनाएर शान्तिमा रुपान्तरण हुन नसक्नुले संक्रमणकाल लम्विने उहाँको निष्कर्ष थियो ।

अग्रज पत्रकार श्री हरिगोविन्द लुईटेल, श्री मञ्जु थापा, धर्म सभा तथा पूर्वीय दर्शन अध्ययन केन्द्रका  श्री विष्णुराज पाण्डे, श्री चरण प्रसाई, डा.ललन चौधरी, श्री गोरख वहादुर विसीले जुन हिसावमा मिडियाले एक्सन लिनुपथ्र्यो त्यो नभएको, दलहरु स्वचालित हुन नसकेको, द्वन्द्वको एक पक्षलाई उचित व्यवस्थापन गर्न नसकिएको, आधारभूत कुराको हल हुन नसकेकोले संक्रमणकाल लम्विदै गएकोमा चिन्ता व्यक्त गरे । चरण प्रसाई भन्नुहुन्छ — ठूला ठूला चुनौतीवाट जनता विचलित नहुनुमा मिडियाको महत्वपूर्ण भूमिका रहेको वताउनुभयो ।   baisakh10-2

प्रतिक्रिया :