संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार त्रिभुवनचन्द्र वाग्ले सम्मानित

काठमाडौं÷प्रेस काउन्सिल नेपाल र दलित अधिकार विकास केन्द्र नेपालको संयुक्त आयोजनामा राजधानीमा वैशाख २३ गते “ छुवाछुत रहित समाज निर्माणका लागि मिडियाको भूमिका ” विषयक अन्तरक्रिया सम्पन्न भयो । baisakh23-1

सो अवसरमा श्री जेवी विश्वकर्माले “दलित सवाल ः नेपाली मिडियाको भूमिका” र श्री घुमराज लुईटेलले “छुवाछुत विरुद्ध नेपाली आमसञ्चारको भूमिका ” सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उल्लेखित कार्यपत्रमाथि पत्रकार श्री अखण्ड भण्डारीले टिप्पणी राख्नुभएको थियो । त्यसैगरी प्रेस काउन्सिल नेपालका अध्यक्ष श्री वोर्णवहादुर कार्कीले विभेदविरुद्ध क्रियाशिल पत्रकार पुरस्कार–०७३, बाट गोरखापत्रका पत्रकार त्रिभुवनचन्द्र वाग्लेलाई सम्मान  साथै दोसल्ला ओढाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान  गर्नुभएको थियो । अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासकीय अदालतका प्रमुख श्री काशीराज दाहालले यो अभियानमा आफ्नो समर्थन र ऐक्यवद्धता जाहेर गर्दै संविधानले निर्दिष्ट गरेका विषयमा प्राथमिकता दिई समतामूलक र न्यायमूलक कानुनी व्यवस्थाका लागि प्रयास गरिने वताउनुभयो । कार्यक्रममा श्री मेघेन्द्र विश्वकर्मा, श्री मिरा अमात्य, श्री माया लम्साल, श्री  विजय कार्की, श्री हरिशरण पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो भने कर्मचारीसहित ४९ जनाको सहभागिता रहेको थियो ।

baisakh23-2

प्रतिक्रिया :