संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

राष्ट्रहित नै सवैभन्दा ठूलो कर्तव्य

काठमाडौं/पछिल्लो समयमा नेपाली मिडियामा आएका सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा प्रतिकूलताका खवरले प्रेस काउन्सिल नेपालमा वैशाख ५ गते विशेष वहस सम्पन्न भएको छ ।

काउन्सिलद्वारा आज आयोजित सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको संरक्षण र सम्वद्र्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रियामा अध्यक्ष श्री वोर्ण वहादुर कार्कीले राज्यले केही गरेन भन्दा पनि आफुले राष्ट्रहितमा के योगदान दिन सकिन्छ ? सोच्नुपर्ने वेला भएको र संक्रमणकालिन अवस्थामा राज्य कमजोर भएको वेला मिडिया सशक्त, सकारात्मक र प्रभावकारी रुपमा आउनुपर्ने भन्दै जिम्मेवारी वढेको धारणा राख्नुभयो ।

Council

अन्तरक्रियामा परराष्ट्रविद् श्री हिरण्यलाल श्रेष्ठले संविधानका प्रावधानलाई वहसको विषय वनाउनुपर्ने र स्थानीय तहसम्म लैजानुपर्ने भन्दै मिडियाले एकीकरण र पुनःएकीकरणको इतिहासलाई वहसमा ल्याई एक्सन गर्नुपर्ने उहाँको धारणा रहेको थियो । परस्पर सम्मान, परस्पर समानता, परस्पर साझेदारीमा आधारित प्रजातन्त्र आवश्यक रहेको, मधेशमा सीमाङ्कनका मुद्दा बाह्य शक्तिले ल्याएको वताउनुभयो ।

Council

पूर्व राजदुत श्री कमल कोईरालाले सिके राउत भन्दा सद्भाव भड्काउने, विखण्डनकारी अभिव्यक्ति दिने अमरेशकुमार सिंहलाई राज्यले केही नगरेको, जे गरेनी हुने उग्र चिन्तनले जरा गाडेको वताउनुभयो ।
डा.रामकृष्ण तिमिल्सेनाले स्वतन्त्रताको सीमा हुनुपर्छ, अखण्डताको विरुद्ध न चीन थियो, न भारत छ । अहिले नियम कानुन कसरी उल्लङ्घन गर्न सकिन्छ  भन्नेमा प्रतिस्पर्धा भैरहेको, प्रजातन्त्र र राष्ट्रभन्दा कोही माथि हुन नसक्ने, संविधान नै नपढी संविधानको विरोध गर्नेको ओषति नभएको धारणा राख्नुभयो ।
काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष श्री सोमनाथ घिमिरेले यसप्रकारको महत्वपूर्ण वहस काउन्सिलले गरेकोमा आभार व्यक्त गर्दै, बाह्य शक्तिकेन्द्रले मिडियालाई प्रयोग गरेको र राष्ट्रहित विरुद्ध कोही जान नसक्ने मान्यता स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।
विज्ञ पत्रकार श्री विनोद ढुङ्गेलले सीमाका जनतासंग राज्यको कनेक्शन टुटेको वताउनुभयो । पत्रकार श्री वविता वस्नेतले अन्तरराष्ट्रिय स्तरका स्वतन्त्र विज्ञ व्यक्तिहरुवाट नेपालको संविधानका विशेष व्यवस्था वाहेकका मुद्धालाई वहसमा लैजानु आवश्यक रहेको, विखण्डनका विषयमा वहस गर्न नहुने उहाँको धारणा रहेको थियो ।
प्राध्यापक श्री लक्ष्मीधर गुरागाईले पत्रकार आचारसंहिताको पालना र क्षमता विकासवाट मिडियालाई सशक्त पार्न सकिने धारणा प्रस्तुत गर्नुभयो ।
न्युनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष श्री पोेषण केसीले राजनीति ट्रयाकमा नआएसम्म सवै समस्या रहने भएपनि मिडियाकर्मीको क्षमता विकासमा जोड दिनु आवश्यकता रहेको औल्याउनुभयो ।
पत्रकार श्री कुमार शाहले उग्र पहाडी मानसिकता र राज्य तथा नेताको अनुपस्थिति मधेश आन्दोलनका चरणमा देखिएको र संक्रमण लम्विने खतरा रहेको धारणा व्यक्त गर्नुभयो ।
पत्रकार श्री रबिराज बरालले पत्रकार आचारसंहिताको पालना गरे शत प्रतिशत समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन मुख्य अधिकृत श्री झविन्द्र भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया :