संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अनुगमनको प्रभावकारिताका लागि विज्ञसँग डेढ घण्टा

प्रेस काउन्सिल नेपालमा आजदेखि ‘अनुगमनको प्रभावकारिताका लागि विज्ञसँग डेढ घण्टा’ अभिमुखीकरण सुरु भएको छ । अभिमुखीकरणको उद्घाटन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले अनुगमनलाई अझ प्रभावकारी बनाउन यस किसिमको कार्यक्रम राखिएको बताउनुभयो ।  उहाँले न्यु मिडिया र कतिपय सामाजिक सञ्जालसमेतमा आएका सामग्रीले समाजमा नकारात्मक प्रभाव पारेको र काउन्सिलले यस्ता विषयसमेत नियाल्नुपर्ने अवस्था आएको बताउनुभयो । अध्यक्ष बस्नेतले यस किसिमको कार्यक्रमले काउन्सिलको दैनिक काममा सघाउ पुर्‍याउने स्पष्ट पार्नुभयो ।


आज पहिलो दिनको छलफलमा विज्ञ पत्रकार उज्ज्वल आचार्यले आफ्नो अनुभवसहित काउन्सिलले अनुगमन गर्दा ध्यान दिनुपर्ने विषयमा सुझाव राख्नुभएको थियो । उहाँले ‘सामाजिक सञ्जाल, अनलाइन मिडियाको प्रयोगका सन्र्दभमा पत्रकार आचारसंहिता अनुगमन’ विषयमा जानकारी दिनुभयो ।

१० दिनसम्म विभिन्न विज्ञहरूले दिने प्रशिक्षणमा अनुगमनको शैली, नयाँ चुनौती र तिनको समाधानका बारेमा छलफल हुनेछ । पहिलो दिन काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।
काउन्सिलका पदाधिकारी र कर्मचारीका लागि सञ्चारमाध्यममा अनुगमनको प्रभावकारिता वृद्धि गर्न हरेक दिन विज्ञसँग छलफल राखिएको वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यले ‘आमसञ्चार माध्यमबाट हुने गाली बेइज्जती, प्रदेश–प्रदेशबीचको सम्बन्ध, समाचारमा आउने राजनीतिक विषयका सन्दर्भमा पत्रकार आचारसंहिता अनुगमन’, आइतबार वरिष्ठ पत्रकार डा.कुन्दन अर्यालले ‘आमसञ्चार माध्यममा प्रयोग हुने कार्टुन/इलुस्ट्रेसन/एनिमेसन प्रयोगका सन्दर्भमा पत्रकार आचारसंहिता अनुगमन’ र सोमबार तीर्थ कोइरालाले बीभत्स दृश्य÷तस्बिर प्रकाशन/प्रसारणका सम्बन्धमा आचारसंहिता अनुगमन विषयमा प्रशिक्षण दिनुहुनेछ । यसैगरी अन्य वरिष्ठ पत्रकारहरूले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


आजको छलफलमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहरा, मिडिया अनुगमनकर्ता लोकराज भट्ट र गीता कठायतले काउन्सिलले गर्दैआएको अनुगमन शैलीबारे अनुभव सुनाउनुभएको थियो ।कार्यक्रममा काउन्सिलका सदस्य शरदप्रसाद अधिकारीसहित कर्मचारीको सहभागिता रहेको थियो ।

समाचार/तस्बिरः प्रेस काउन्सिल नेपाल

प्रतिक्रिया :