संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

‘बल्थली घोषणापत्र’ अनुमोदन, सदस्यहरूद्वारा सपथ ग्रहण

फागुन १४, काठमाडौँ

प्रेस काउन्सिल नेपालको आज बसेको बोर्ड बैठकले ९ बुँदे ‘बल्थली घोषणापत्र’ अनुमोदन गरेको छ ।

यही फागुन १२ र १३ गते ‘पत्रकार आचारसंहिता, महिला उत्तरदायी निर्देशिका, २०७६ र मिडियामा महिला सवाल’ विषयक बृहत् छलफल कार्यक्रमले उक्त घोषणापत्र जारी गरेको थियो

सोही बैठकले नवनियुक्त सदस्यहरू गणेशप्रसाद पोखरेल, हरिप्रसाद जोशी, चिरञ्जीवी मास्के र शरदप्रसाद अधिकारीलाई स्वागत समेत गर्यो ।

उहाँहरूलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले सदस्यद्वय दीपक पाण्डे र दुर्गा भण्डारीका साथ आजै सपथ ग्रहण गराउनुभएको थियो ।

नेपाल सरकार (मन्त्रिस्तरीय) २०७७।११।१० को निर्णयानुसार प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम उहाँहरू सदस्यमा मनोनयन हुनुभएको थियो ।

प्रतिक्रिया :