संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सल्यानमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम

प्रेस काउन्सिल नेपालको आयोजनामा २०७५ साल फागुन १८ गते सल्यान जिल्लाको सदरमुकाम खलङ्गामा पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल पत्रकार महासङका अध्यक्ष एवम् काउन्सिलका सदस्य गोविन्द आचार्यले नागरिकको हित विपरितको पत्रकारिता असल पत्रकारिता नहुने बताउँदै आफनो मर्यादाभित्र रहेर दायित्व निभाउन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । साथै उहाँले कार्यक्रममा मिडियाप्रति र काउन्सिलका विषयमा राखिएका गुनासोहरुको सम्बोधन गर्नुभयो ।

काउन्सिलका अर्का सदस्य इश्वरी ओझाले पत्रकारले आचारसंहिता बमोजिम नै पत्रकार तथा सञ्चारमाध्यमले कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले तथ्यपरक समाचार सम्प्रेषणतर्फ पत्रकारको ध्यानाकर्षण गराउनुभयो । सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले यथेस्ट र सही सूचना संकलन गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित पत्रकार, नागरिक समाजका प्रतिनिधी लगायतबाट कुनै आग्रह पुर्वाग्रह नराखी सूचना तथा समाचार सम्प्रेषण गर्नुपर्ने धारणा आएका थिए ।

प्रतिक्रिया :