संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ रुकुमको संयोजनमा २०७५ साल फागुन १८ गते शनिबारका दिन रुकुम जिल्लाको सदरमुकाम मुसिकोटमा मिडियाप्रतिको जनगुनासो सुनुवाई तथा आचारसंहिता विषयक छलफल कार्यक्रम सम्पन्न भयो ।


उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष एवम काउन्सिलका सदस्य गोविन्द आचार्यले पत्रकारितालाई कसैको व्यक्तिगत सम्पत्तिका रुपमा प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।


काउन्सिल सदस्य इश्वरी ओझाले पत्रकारले आचारसंहिता पालना गरी कर्तव्य निभाएमा कुनै समस्या नआउने बताउनु भयो । साथै उहाँले कार्यक्रममा उठेका गुनासोहरुको विषयमा प्रस्ट पार्नुभयो ।

मुसिकोट नगरपालिकाका प्रमूख देवीलाल गौतमले पत्रकार तथा सञ्चारमाध्यमको उचित व्यवस्थापनमा गर्नमा राज्यको विशेष पहल हुन आवश्यक रहको बताउनुभयो । रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले आफूले पत्रकारितालाई चौथौँ अङ्गका रुपमा नभई पहिलो महत्वपूर्ण अङ्गका रुपमा हेर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला संयोजक महेन्द्र केसी, मुुसिकोट नगरपालिकाका उपप्रमुख पे्रमकुमारी सुनार, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका कोषाध्यक्ष सुरेन्द्र खत्री लगायतले धारणा राख्नुभएको थियो ।

पत्रकारहरुले प्रेस पास बनाउनमा कठिनाई भएको, वर्गीकरण बापतको रकम नपाएको जस्ता समस्या समेत सुनाएका थिए ।

प्रतिक्रिया :