संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अभिमुखीकरणको २७ औँ कक्षामा ४६ अनलाइनका पत्रकार प्रशिक्षित

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले नयाँ अनलाइन सूचीकरणपूर्व सञ्चालन गरेको अभिमुखीकरण कक्षाको २७औ श्रृङ्खलामा शुक्रबार ४६ अनलाइन पत्रकार प्रशिक्षित भएका छन् । अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित र जिम्मेवार बनाउन काउन्सिलले नयाँ सूचीकरण हुने अनलाइनका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।

शुक्रबारको कक्षामा विषयविज्ञ एवं वरिष्ठ पत्रकार निर्मला शर्माले पत्रकारले गर्न नहुने विषयवस्तुमा आधारित रहेर प्रशिक्षण दिनुभयो । उहाँले पत्रकारितामा देखिएका विविध समस्याको निराकरण गरी स्वच्छ र मर्यादित पत्रकारिताको विकास गर्न अभिमुखीकरण कक्षा उपयोगी भएको बताउनुभयो ।

त्यस्तै काउन्सिलका मुख्य अधिकृत एवं विषयविज्ञ झबिन्द्र भुसालले अनलाइन र युट्युबलाई व्यवस्थित बनाउन काउन्सिलले सक्दो प्रयास गरेको भन्दै उठेका प्रश्नको जवाफ दिनुभयो । कार्यक्रममा भौतिक २६ र भर्जुअल माध्यममार्फत ‍२०  नयाँ अनलाइनका सञ्चालक तथा सम्पादकहरूको सक्रिय सहभागिता थियो ।

प्रतिक्रिया :