संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

मिति २०७९/१२/०१

विज्ञप्ति

          यही चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका सम्बन्धमा चैत १ गते रातिदेखि मौन अवधि (स्थिर समय) लागु भइसकेको छ । मौन अवधि(स्थिर समय) मा आज केही सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी राजनीतिक दलको प्रचारप्रसार एवं पक्षविपक्ष हुने सामग्री सम्प्रेषण भइरहेकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।

     मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टादेखि मतदान सम्पन्न नहुन्जेलसम्म निर्वाचन प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन÷प्रसारण÷सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था छ ।

    तसर्थ उपराष्ट्रपतिको निर्वाचन अवधिमा राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार सामग्री सम्प्रेषण नगर्न/नगराउन एवं आचारसंहिता पालनामा संवेदनशील, सजग र सचेत रहन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ ।

रामशरण बोहरा
उपप्रशासकीय अधिकृत
सहप्रवक्ता एवं सूचना अधिकारी

प्रेस विज्ञप्ति

प्रतिक्रिया :